सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

नायिका केकीले गुपचुपमा विवाह गरेको खुलासा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह ग​रेकी छिन ।

आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकी भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् । यसैले गर्दा पनि उनको विवाहको खबर सहकर्मीलाई समेत पूर्णरुपमा जानकारी छैन ।

केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् । केकी र रोहित केही समयदेखि प्रेममा थिए । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । यद्यपि उनको विवाह भएको हो वा होइन भन्नेमा उनकै निकटतम साथीहरु पनि विश्वस्त छैनन् ।

साँझ देखि विवाह भएको खबरकै बीच केकीको मेहन्दी कार्यक्रमको तस्वीर सार्वजनिक भएको छ । यो तस्वीर आजको हो वा हिजो को ? यो अझै खुल्न सकेको छैन । उनको नजिककी एक साथीले उनीहरुको आज मेहन्दी भएको र भोलि विवाह हुने बताएकी थिइन् ।

‘हिजो केकी एक समारोहमा नै थिइन् । यद्यपि तयारी केही समय यता चलेको थियो । तर, मैले थाहा पाएसम्म विवाह भोलि हो’ उनले भनिन् । यद्यपि फिल्मनगरीमा केकीले सानो जमघटका बीच रोहितसँग लगनगाँठो कसेको चर्चा छ ।

फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले विवाह गरेकी छिन् ।

अभिनेत्री अधिकारीले एउटा स्टाटस लेख्दै भनेकी छिन् ‘आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...