सोमवार, कार्तिक १०, २०८३

सोमवार, कार्तिक १०, २०८३

नायिका केकीले गुपचुपमा विवाह गरेको खुलासा

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह ग​रेकी छिन ।

आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरुको भिडमा केकी भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् । यसैले गर्दा पनि उनको विवाहको खबर सहकर्मीलाई समेत पूर्णरुपमा जानकारी छैन ।

केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् । केकी र रोहित केही समयदेखि प्रेममा थिए । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । यद्यपि उनको विवाह भएको हो वा होइन भन्नेमा उनकै निकटतम साथीहरु पनि विश्वस्त छैनन् ।

साँझ देखि विवाह भएको खबरकै बीच केकीको मेहन्दी कार्यक्रमको तस्वीर सार्वजनिक भएको छ । यो तस्वीर आजको हो वा हिजो को ? यो अझै खुल्न सकेको छैन । उनको नजिककी एक साथीले उनीहरुको आज मेहन्दी भएको र भोलि विवाह हुने बताएकी थिइन् ।

‘हिजो केकी एक समारोहमा नै थिइन् । यद्यपि तयारी केही समय यता चलेको थियो । तर, मैले थाहा पाएसम्म विवाह भोलि हो’ उनले भनिन् । यद्यपि फिल्मनगरीमा केकीले सानो जमघटका बीच रोहितसँग लगनगाँठो कसेको चर्चा छ ।

फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन केकीले सावधानी अपनाउने गरेकी छिन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले विवाह गरेकी छिन् ।

अभिनेत्री अधिकारीले एउटा स्टाटस लेख्दै भनेकी छिन् ‘आजका दिन सम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

क्रिप्टोकरेन्सीको अनुसन्धानमा अभिनेत्री प्रियंका कार्की सीआईबीको नियन्त्रणमा

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान ब्यूरोले कार्कीलाई...