आइतवार, साउन १०, २०८३

आइतवार, साउन १०, २०८३

चौधरीलाई उपमेयर उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुख उम्मेदवारको सूचीबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उपप्रमुखकी उम्मेदवार ममताकुमारी चौधरीलाई उम्मेदवार बन्न पाउने अधिकारबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो।

उपप्रमुखमा मनोनयनपत्र दर्ता गराएकी चौधरीलाई निर्वाचन कार्यालयको कमजोरीका कारण उम्मेदवार सूचीबाट हटाइएको थियो। उम्मेदवार बन्नै वञ्चित गरेपछि निर्वाचन आयोगविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

निवेदिकालाई विनाकारण उम्मेदवारको सूचीबाट हटाउँदा निवेदकलाई असर पर्ने भएकाले अन्तरिम आदेश छलफलबाट टुंगो नलागेसम्म उनको मनोनयनपत्र बदर तथा रद्द नगर्न आदेश दिइएको हो।

सर्वोच्चले अन्तरिम आदेश छलफलका लागि वैशाख २० गते आयोगलाई पनि झिकाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...