आइतवार, जेष्ठ १७, २०८३

आइतवार, जेष्ठ १७, २०८३

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण प्रणालीमा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो ।

११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड लिटर पानी प्रणालीमा आएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए ।

१७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ । क्रमैसँग विभिन्न वितरण केन्द्रबाट वितरण हुने पानीको मात्रा बढाउँदै लगिएको छ । मीनभवन, महाँकालचौर, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।

प्रवक्ता राईका अनुसार आइतबारदेखि सबै क्षेत्रमा पनि मेलम्चीको पानीको वितरण सुरु हुनेछ । ‘आइतबारदेखि मेलम्ची खानेपानी विकास सिमितिले १७ करोड लिटर पानी नै प्रणालीमा पठाउने छ,’ उनी भन्छन्,’अब वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण हुन्छ ।’

नयाँ वितरण लाइनमार्फत पानी बाँड्न सुरु गरेपछि पनि ठाउँ-ठाउँमा थप लिकेजको समस्या देखिएको छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण भइरहेको राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

उत्पादनमुलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको बैंकहरूलाइ निर्देशन

काठमाडौँ — कृषि लगायत उत्पादनमुलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई निर्देशन दिएका छन्। आन्तरिक उत्पादन वृद्धि नगरी दीगो आर्थिक विकास सम्भव नहुने भन्दै अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्नबैंकहरुलाई निर्देशन दिएका हुन् । सोमबार राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् । ‘बैंकका नयाँकार्यक्रममा हालको ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धिगर्नुहुनेछ,’ उनले भने, ‘यी क्षेत्रको लगानी सकेसम्म दुई गुणा वृद्धि गर्नुस्।’ ती क्षेत्रमा भएको लगानी वृद्धिले राष्ट्रिय पुँजी निर्माण भई उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । उत्पादनमुलकक्षेत्रमा लगानी विस्तार गर्ने सरकारको नीति रहेकाले त्यो अभियानमा बैंकहरुले पनि साथ दिनुपर्नेमा उनले जोड दिए । बैंकहरु निक्षेपको परम्परागत स्रोतहरुमा मात्र केन्द्रित रहेकाले अब वैदेशिक ऋण, सहायता, ऋणपत्र निष्काशन लगायत उपायमार्फतस्रोत बढाउन पनि उनले निर्देशन दिए । यसका लागि सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए। ‘राष्ट्रिय वाणिज्य बैंकसरकारी बैंक भएकाले पनि बढी जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रकोत्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो । यो रणनीति प्रभावकारी कार्यान्वयनका लागि यसबैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’

दक्षिण कोरियाले फेरि नेपाली श्रमिक लैजान रोक्यो

दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ। कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो।...