बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा बन्द हुने

काठमाडौँ । आज मंगलबार मध्यरातिदेखि नेपालका सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द हुँदैछन्।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय सरकारले गरेको हो।

निर्वाचनमो मौन अवधि पनि आज मध्यराति देखि नै सुरु हुँदैछ। मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।

भारत र चीनसँग सीमा जोडिएका नेपालका ४२ जिल्लाका सीमा नाका आज राति १२ बजेदेखि ३० वैशाखको साँझसम्म बन्द गर्न लागिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...