आइतवार, जेष्ठ १७, २०८३

आइतवार, जेष्ठ १७, २०८३

काठमाडौंको फोहोर कुहिने र नकुहिने छुट्टाउनुपर्छ:मेयर शाह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक अपीलगरेका छन्। 

सामाजिक सञ्जालमा मंगलबार एक सन्देश जारी गर्दै उनले अब काठमाडौंको फोहोर उठ्ने तर कुहिने नकुहिने फोहोर घरमै छुट्याएकोहुनुपर्ने बताएका छन्।

मेयर शाहले यसरी नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने फिर्ता गर्ने बताएका छन्। 

उनले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरुछुट्टएिर निस्किनुपर्ने बताएका छन्

कुहिने नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामीस्वच्छ स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौं भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन,’ उनले लेखेका छन्,’ अहिलेथुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौं, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने नकुहिने गरेरकम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा ˆनो कर्तव्य पुरा गरिदिनु हुनेछ

उनले अगाडि लेखेका छन्, ‘तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैलेमिसाउन पाउन छैन यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन फर्काइदिने यसबाट पर्न सक्ने असुविधाकालागि माफी चाहन्छौँ तर नछुट्टएिका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।

यो सबैको लागि निसन्देहः खुसीको खबर हो अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौं,’ उनले भनेका छन्,’ कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमाहृदयदेखि नै धन्यवाद।

मेयर शाहले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभएको भन्दै अझै धेरै गर्न बाँकी कुरा रहेहको बताएका छन्।फोहोरको दीर्घकालीनव्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन,’ उनले लेखेका छन्।
महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्‍याउने मेयर शाहले बताएका छन्

फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य कोशिस गर्ने महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरलेपुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने नगर्ने उनको प्रतिवद्धता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट मिनाकुमारी लामा

हेटौंडा । सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई...

पूर्वराजा ज्ञानेन्द्र शाह लखनउ प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ नेपालगञ्जबाट सडकमार्ग हुँदै केही दिनका लागि लखनउ गएको उहाँको सचिवालयले जानकारी...