बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

२८ औं विश्व आदिवासी दिवस जापानमा पनि मनाइयो

टोकियो २८ औं विश्व आदिवासी दिवस जापानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको

आइतबार टोकियोस्थित शिनओकुबो मुराहलमा नेपाल आदिवासी जनजाति महासंघ जापानले शुभकामना आदानप्रदान तथा विविधसांस्कृतिक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाएको हो।

उक्त आदिवासी दिवस तमु धी जापान, नेपाल तामाङ समाज, जापान, किराँत याक्थुङ चुम्लुङ जापान, नेपाल मगर संघ, जापान, किराँतराई यायोक्खा, जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेवाः खल जापान, नेपाल आदिवासी जनजाति महासंघ, चिबाक्षेत्रिय कमिटी, थारू कल्याणकारिणी सभा जापान, नेपाल थामी समाज जापान नेपाल आदिवासी जनजाति पत्रकार जापानकोसहआयोजनामा मनाइएको हो

जापान स्थित नेपाली राजदूत डा:दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो

विभिन्न झाँकी तथा नृत्यहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा काम गरिरहेकाहरुलाई सम्मान पनि गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...