आइतवार, कार्तिक ९, २०८३

आइतवार, कार्तिक ९, २०८३

२८ औं विश्व आदिवासी दिवस जापानमा पनि मनाइयो

टोकियो । २८ औं विश्व आदिवासी दिवस जापानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

आइतबार टोकियोस्थित शिनओकुबो मुराहलमा नेपाल आदिवासी जनजाति महासंघ जापानले शुभकामना आदान–प्रदान तथा विविधसांस्कृतिक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाएको हो।

उक्त आदिवासी दिवस तमु धी जापान, नेपाल तामाङ समाज, जापान, किराँत याक्थुङ चुम्लुङ जापान, नेपाल मगर संघ, जापान, किराँतराई यायोक्खा, जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेवाः खल जापान, नेपाल आदिवासी जनजाति महासंघ, चिबाक्षेत्रिय कमिटी, थारू कल्याणकारिणी सभा जापान, नेपाल थामी समाज जापान र नेपाल आदिवासी जनजाति पत्रकार जापानकोसहआयोजनामा मनाइएको हो ।

जापान स्थित नेपाली राजदूत डा:दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विभिन्न झाँकी तथा नृत्यहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा काम गरिरहेकाहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...