शनिबार, कार्तिक २२, २०८३

शनिबार, कार्तिक २२, २०८३

अछाममा पहिरो २२ जनाको मृत्यू केही बेपत्ता

अछामका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा २२ जनाको मृत्यु भएको छ ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा २ जनाको शव फेलापरेको छ भने ७ जना अझै बेपत्ता रहेका छन् ।

त्यस्तै, ढकारी गाउँपालिका वडा नम्बर– ६ ढुंगाचाल्नामा एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेको र ५ जना घाइतेभएको रिजालले बताए ।

कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा ५ को शव फेला परेको र एक जना घाइते भएको उनले बताए । कमलबजारनगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा मा ४ जनाको शव भेटिएको, ३ जना बेपत्ता र ७ जना घाइते रहेको रिजालले बताए ।

तीन दिनदेखिको निरन्तर वर्षाका कारण अछाममा बिजुली, सडक अवरुद्ध भएको छ भने जनजीवन अस्तव्यस्त रहेको छ ।स्रोत:कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह-भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुनेबताउनुभएकाे छ । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...