मङ्लबार, जेष्ठ १२, २०८३

मङ्लबार, जेष्ठ १२, २०८३

संयुक्त राष्ट्रसंघीय महासचिवको पाकिस्तानलाई सहयोग गर्न आग्रह

कराँची । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।

उहाँले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसंघ लागेको बताउनुभयो । उहाँले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरूको पुनःस्थापनाका लागि दाताहरूको एक सम्मेलनको आयोजना गरिने जानकारी पनि दिनुभयो ।

उहाँले शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो । पाकिस्तानको सहयोगका लागि उहाँले संयुक्त राष्ट्रसंघीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गरेको बताइएको छ । सो प्रस्तावलाई महासभाले पारित गरेको छ । सो प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरूलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ । यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको छ । यहाँ सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरू हजारौँ व्यक्ति घाइते भएका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

नेटोसंग युद्धगर्ने रुसका पूर्व राष्ट्रपतिको चेतावनी

काठमाडौँ । रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले क्रिमिया आफ्नो देशको अंग भएको बताउँदै त्यसमा घुसपैठ गर्न खोज्ने ध्वस्त हुनेचेतावनी दिएका छन् । नेटोको सहयोगमा...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...