सोमवार, जेष्ठ ११, २०८३

सोमवार, जेष्ठ ११, २०८३

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट शहर प्रवेश गरेका छन् । पछिल्ला समयमा टेक्सास, एरिजोना र फ्लोरिडा जस्ता रिपब्लिकन राज्यहरूले डेमोक्र्याटिक क्षेत्रमा आप्रवासी पठाइरहेका छन् ।

अभूतपूर्व संख्यामा आप्रवासीको ठूलो संख्या अमेरिका-मेक्सिको सीमामा पुग्छन् । सेप्टेम्बरपछि दैनिकजसो पाँचदेखि ६ वसमा भरिएका आप्रवासी न्यूयोर्क पुग्ने गर्छन् । शहरको शरण प्रणालीअन्तर्गतका हरेक पाँचमध्ये एकजना शरण खोज्ने व्यक्ति भएको मेयर एडम्सले बताउनुभयो । शहर पुग्ने अधिकांसमध्ये स्कुले उमेरका बालबालिका छन् र उनीहरूलाई मेडिकल उपचारको गम्भीर आवश्यकता रहेको बताइन्छ । यस प्रवाहले यो आर्थिक वर्ष न्यूयोर्कलाई एक अर्ब डलर अमेरिकी डलर लागत लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

नेटोसंग युद्धगर्ने रुसका पूर्व राष्ट्रपतिको चेतावनी

काठमाडौँ । रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले क्रिमिया आफ्नो देशको अंग भएको बताउँदै त्यसमा घुसपैठ गर्न खोज्ने ध्वस्त हुनेचेतावनी दिएका छन् । नेटोको सहयोगमा...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...