शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने

टोकियो/ जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुन सक्ने जनाएको छ ।

दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ ।

जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट विकशित एच–३ रकेटको प्रक्षेपण प्रणालीमा गडबडी र खराब मौसमका कारण धेरै पटक ढिलाइ भएको छ ।

फेब्रुअरी १७ मा जाक्साले एयरफ्रेमको ब्याट्रीबाट यसको मुख्य इन्जिनको कन्ट्रोल युनिटमा केही सेकेन्डका लागि विद्युतीय करेन्ट काटिएपछि प्रक्षेपण रद्द गरेको बताएको थियो ।

जाक्सा र मित्सुबिसी हेभी इन्डस्ट्रिजले सन् २०१४ मा संयुक्तरुपमा विकास गरेको रकेटको लागत २०० अर्ब येन (करिब १.४६ अर्ब अमेरिकी डलर) रहेको छ ।

दाइची–३ भूउपग्रहलाई विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउन प्रयोग गरिने बताइएको छ । नयाँ रकेटले आफ्नो पूर्ववर्ती रकेटको तुलनामा लगभग ३० प्रतिशत बढी भारी बोक्न सक्ने बताइएको छ । प्रक्षेपणको लागत ५० प्रतिशत कम हुने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...