मङ्लबार, अशोज ६, २०८३

मङ्लबार, अशोज ६, २०८३

उम्मेदवार तयगर्न एमालेको सचिवालय बैठक जारी

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। शनिबार दिउँसो पार्टी कार्यालय च्यासलमा उपनिर्वाचनका लागिउम्मेदवार तय गर्न सचिवालय बैठक बसेको हो।


निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि रिक्त रहेका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको छ। तनहुँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका छन्। बारा बाट निर्वाचित रामसहायप्रसाद यादव चैत गते उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। यससँगै ती दुवै ठाउँमा सांसद पद रिक्त भएका थिए। 

चितवन बाट निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि उक्त ठाउँ पनि रिक्त भएको थियो।सचिवालयले एमालेतर्फका उम्मेदवार आज टुंग्याउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

सबै भन्दा धेरै जनसंख्या मधेस प्रदेशमा

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...