शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ दर्शनमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्। शनिबार साँझ मन्त्रीहरूसहित उनी पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन्।

भारत भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए। प्रधानमन्त्रीसहित मन्त्रीहरूले गेरुबस्त्र धारण गरेर महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए।

भ्रमण टोलीमा रहेका मन्त्रीहरूकै साथमा प्रधानमन्त्री प्रचण्ड शनिबार पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीसँगै अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल र पर्यटनमन्त्री सुदन किराँतीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। लगत्तै प्रधानमन्त्रीले पशुपथिनाथ क्षेत्रको अवलोकन गरेका थिए।
गे

रुबस्त्र धारण गरेर महाकालेश्वरमा पूजा गरेपछि प्रधानमन्त्री प्रचण्डको चर्को विरोध भएको थियो। सांसदहरूले पशुपतिनाथको दर्शन कहिले गर्नुहुन्छ भन्दै संसदमा प्रश्नसमेत गरेका थिए। प्रधानमन्त्रीले आफू धर्मनिरपेक्षतावादी भएको बताउँदै आएका छन्।

त्यस्तै पशुपतिनाथको दर्शनपछि प्रधानमन्त्रीले विश्व सम्पदाका रूपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...