काठमाडौं । गायक सम्राट चौलागाईले करिब पाँच महिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याउनुभयो । सम्राटकै शब्द संगीत रहेको यो गीत यतिबेला ‘तीज भर्सन’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्जजनिक गरिएको हो ।
विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा भुवन केसी, निर्देशक दीपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राट आफैं पनि फिचर्ड हुनुहुन्छ मोडल गीता ढुंगानाको अपोजिटमा । चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरू जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई देख्न सकिन्छ । गायक सम्राट चौलागाईकै अफिसियल युट्युब च्यानलमार्फत इन्टरनेट रिलिज गरिएको भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरबहादुर थारूले गर्नुभएको छ ।