शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

तीज भर्सनमा आयो ‘सम्झिनी पानी छम्किनी’

काठमाडौं । गायक सम्राट चौलागाईले करिब पाँच महिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याउनुभयो । सम्राटकै शब्द संगीत रहेको यो गीत यतिबेला ‘तीज भर्सन’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्जजनिक गरिएको हो ।

विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा भुवन केसी, निर्देशक दीपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राट आफैं पनि फिचर्ड हुनुहुन्छ मोडल गीता ढुंगानाको अपोजिटमा । चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरू जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई देख्न सकिन्छ । गायक सम्राट चौलागाईकै अफिसियल युट्युब च्यानलमार्फत इन्टरनेट रिलिज गरिएको भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरबहादुर थारूले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

टोकियोमा नवलपुर समाजको ‘तीज धमाका’ हुने

जापान/नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज-जापानले “तीज धमाका” विशेष सांगीतिककार्यक्रम गर्ने भएको छ । नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म...