सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

एसीसी प्रिमियर कपमा नेपालको शानदार जित

नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर मंगलबार टुङ्गिएको फाइनलमा यूएईविरुद्ध शानदार जित निकाल्यो।

टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा मात्रै तीन विकेट गुमाएर एक सय १८ रनसहित लक्ष्य पूरा गर्यो।

नेपालका लागि वान् डाउनमा क्रिजमा उत्रिएका गुल्शनले ७५ बलमा अर्धशतक पूरा गरे। दुवै ओपनर र कप्तानलाई सस्तैमा गुमाएको नेपालका लागि गुल्शनले संयमित ब्याटिङ गर्दै ५० रन बनाउँदा तीन चौका र चार छक्का प्रहार गरेका थिए।

नेपालको इनिङ्समा सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाएका ८४ बलमा तीन चौका र ६ छक्कासहित गुल्शन ६७ रनमा अविजित रहे।

यस्तै गुल्शनसँग ९६ रनको साझेदारी गरेका भीम सार्कीले पनि महत्त्वपूर्ण इनिङ्स खेले। नेपालका लागि ७२ बलको सामना गरेका भीम चार चौकासहित ३६ रनमा अविजित रहे।

सुरुआतमा संघर्ष गरेको नेपालका दुवै ओपनर– कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल पभिलियन फर्केका थिए। कुशल एक, आसिफ आठ र रोहित एक रनमा आउट भएका थिए।

यूएईका लागि रोहन मुस्तफाले १० ओभरमा १३ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, आयान खानले एक विकट लिए।

पहिलो इनिङमा ललित राजवंशीको चार विकेटप्रेरित नेपालले यूएईलाई एक सय १७ रनमा अल आउट गरेको थियो। सोमबार सुरु भएर वर्षाका कारण टुङ्गिन नपाएको फाइनल आज ९ बजेदेखि हिजो रोकिएकै अवस्थाबाट सुरु भएको थियो।

सोमबार यूएईले २७.३ ओरभमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको थियो। मंगलबार बिहान सोही स्थानबाट इनिङ्स अगाडि बढाएको यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १७ रनको योगफल तयार गर्न सफल भयो।

यूएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि किफयती बलिङ गरेका ललितले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा गुल्शन झा र सोमपाल कामीले एक–एक विकेट लिए।

प्रिमियर कप च्याम्यिन भएसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ।

नेपालले समूह ‘ए’को विजेताको रूपमा अन्तिम चारमा स्थान बनाउको थियो। सेमिफाइनलमा कुवेतसँगका खेल पनि वर्षाका कारण नतिजाविहीन बनेपछि समूह विजेता नेपाल फाइनलमा आइपुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...