बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

श्री एयरलाइन्सको जहाज धावन मार्गमा जाने क्रममा चिप्लीयो

श्री एयरलाइन्सको जहाज धावन मार्गमा जाने क्रममा चिप्लिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपालगञ्‍जका लागि उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको नाइन एन ए एफ कल साइनको क्यू ४००-८ जहाज मंगलबार बिहान ९:३३ बजे पार्किङस्थलमै एउटा चक्का घाँसे क्षेत्रमा फस्न गएको हो।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जहाज ट्याक्सी वेबाट घाँसे मैदानमा पुग्न गएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ जहाजमा कुनै क्षति भएको छैन।जहाज धावनमार्गमा नगएकाले अरू उडान नियमित भइरहेको छ।’

जहाजमा चालकदलका ४ जनासहित ८० यात्रु थिए। यात्रुहरुलाई अर्को जहाजबाट नेपालगन्ज पठाउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...