सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

श्री एयरलाइन्सको जहाज धावन मार्गमा जाने क्रममा चिप्लीयो

श्री एयरलाइन्सको जहाज धावन मार्गमा जाने क्रममा चिप्लिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपालगञ्‍जका लागि उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको नाइन एन ए एफ कल साइनको क्यू ४००-८ जहाज मंगलबार बिहान ९:३३ बजे पार्किङस्थलमै एउटा चक्का घाँसे क्षेत्रमा फस्न गएको हो।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जहाज ट्याक्सी वेबाट घाँसे मैदानमा पुग्न गएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ जहाजमा कुनै क्षति भएको छैन।जहाज धावनमार्गमा नगएकाले अरू उडान नियमित भइरहेको छ।’

जहाजमा चालकदलका ४ जनासहित ८० यात्रु थिए। यात्रुहरुलाई अर्को जहाजबाट नेपालगन्ज पठाउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...