मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजन शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएको तथ्यांक छ । दोस्रो नम्बरमा बेलायती नागरिक छन् ।

४ महिला ३० पुरुष गरि बेलायतबाट ३४ जना आरोहीले अनुमति लिएका छन् । यो सिजन २१ जना नेपाली आरोही सगरमाथा जाँदैछन्, जसमध्ये ६ जना महिला छन् । भारतबाट २३ जनाले अनुमति लिएकोमा ८ जना महिला रहेको विभागको तथ्यांक छ । रुसबाट ५ महिलासहित १७ जना आरोही सगरमाथा चढ्ने उद्देश्यले नेपाल आएका छन् ।

विभागका अनुसार शुक्रबारसम्म २५ वटा हिमालमा आरोहण अनुमति जारी भएको छ । जसमध्ये सबैभन्दा धेरै सगरमाथामा छन् । यो सिजन ११ समूहका ८९९ आरोहीले विभिन्न हिमालमा चढ्न अनुमति लिएका हुन् ।

सगरमाथामा ३९ समूहका ३१६ जना आरोही जाने छन् । ल्होत्से हिमालमा ११२ जना आरोही जाँदैछन् । अमादब्लममा ९७, कंचनजंघामा ६८, नुप्त्सेमा ५७ र धौलागिरिमा २७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

यसरी आएका आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना आएका छन् । बेलायतबाट १०६ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणमा जाने पर्वतारोहीबाट शुक्रबारसम्म कुल ४६ करोड ७५ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । रोयल्टी आउने सबैभन्दा ठूलो हिमाल सगरमाथा हो ।

सगरमाथाबाट यो सिजनमा ३९ करोड ५५ लाख रुपैयाँ रोयल्टी उठिसकेको छ । रोयल्टी धेरै संकलन वसन्त ऋतुकै आरोहण सिजनमा हुन्छ । किनकी अन्य सिजनमा कम आरोही आउने भएकाले सरकारले रोयल्टीमा छूट दिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...