मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

 बाइडेन-सी जिनपिङबीच वार्ता

अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा दुबैदेशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा कसम खाएका छन् ।

भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणाराखेका थिए । बाइडेनले सो धारण राख्न नपाउँदै चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजानबेइजिङ तयार रहेको जबाफ दिएका थिए । बाइडेनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेरकाम गर्नुपर्ने बताएका थिए ।

त्यसपछि बाइडेनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै दुबै जनाबीच यसअघि इमान्दारीपूर्वक टेलिफोन वार्ता भएको स्मरणगरेका थिए । जबाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एक ापसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताएका थिए ।‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ,’ उनले भने ।

राष्ट्रपति बाइडेनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने रस्थिर सम्बन्ध आवश्यक भएको चीनका जबाफ दिएका थिए ।

बाइडेनले दुई देशबीच चुनौती खडा भइरहेको बताइरहेका सीले सञ्चार सुधार गरेर ती सबै चुनौती सामना गर्नुपर्ने बताएका थिए ।उनीहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो ।

एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो । भ्रमणको अमेरिकाले विरोध गरेको थियो । त्यसअगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए ।चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...