शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

नबिल र एनबी बैंक मर्ज हुने समझदारी

काठमाडौं । नबिल र एनबी बैंकबीच एक हुने समझदारी भएको छ। नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने भएको हो।

बिहीबार एक समारोहका बीच होटल भिभान्तामा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। दुवै बैंकले खडा गरेको मर्जर समितिले आज यससम्बन्धी समझदारी गरेको हो।

नबिल बैंकका मर्जर कमिटी संयोजक उदयकृष्ण उपाध्याय र एनबी बैंकको तर्फबाट एनबी बैंकले सञ्चालक समिति सदस्य एम साह अलाम सलवार संयोजक छन्। सम्झौताअनुसार १००ः४३ को स्वाप रेसियोअनुसार एक हुने प्रक्रिया अघि बढ्नेछ।

एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ। नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ। साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्नेछ।

नबिल बैंकको मुख्य लगानीकर्ता रहेको चौधरी ग्रपले एनबी बैंकमा मुख्य लगानी रहेको विदेशी पार्टनर आईएफआइसी सेयर खरिद कार्य भने तत्कालको लागि रोकिएको छ।

काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई नबेच्न आदेश दिएको छ।

नेपाल बंगलादेश बैंकमा आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई बिक्री गर्ने प्रक्रिया रोक्न न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले आदेश गरेको हो।

सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यवसायी मोतीलाल दुगडले बंगलादेश बैंकले आफूलाई बेच्ने सहमति गरेर पनि पुनः चौधरी ग्रुपलाई सेयर बेच्न लागेको भन्दै मुद्दा दायर गरेका थिए।

दुगडले दायर गरेको मुद्दामा मंगलबार बहस सकिएको थियो। बुधबार फैसलाको पूर्णपाठ जारी गर्दै अदालतले उक्त सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भनेर आदेश दिएको हो। उक्त सेयर किन्न आठ महिनाअघि नै अर्थात् गत अप्रिल २ मा सनराइज बैंकसँग लिखित सम्झौता भएको थियो।

सम्झौतापछि गत असार अन्तिममा ३५ दिन म्याद राखेर आईएफआईसीले सेयर बिक्रीसम्बन्धी सूचना निकालेको थियो। सम्झौता भए पनि सेयर बिक्रीमा भने उसले आलटाल गर्दै आएको थियो। चौधरी ग्रुपले आइएफआइसी सेयर १ सय ५७ रुपैंया खरिद गर्ने तयारी गरेको थियो।

अदालतले यसबारे एनबी बैंकलाई ७ दिनभित्र जवाफ दिन भनेको छ। जवाफ आएपछि अदालतबाट हुने आदेशपछि सो सेयर खरिद प्रक्रिया अघि बढ्ने वा नबढ्ने छिनोफानो हुनेछ।

चौधरी ग्रुपको विपक्षमा नै फैसला आएको खण्डमा मर्जरको प्रक्रिया केही लम्बिनसक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...