शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट

२ माघ, काठमाडौं । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विष्फोटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरेका छन् ।

पहिलोपटक शुक्रबार र दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६ मिनेटमा ज्वालामुखी विष्फोट भएको सीएनएनले जनाएको छ ।

पानी मुनि ज्वालामुखी विष्फोट भएको र सो विष्फोटका कारण उत्पन्न ऊर्जाका कारण आएको छालले टोंगासम्म क्षति पुर्याएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

टोंगामा विद्युत, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका छन् । सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण भने आइसकेको छैन । त्यहाँका राजालाई सुरक्षित स्थानमा सारिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

जापानले तटीय क्षेत्रमा तीन मिटर अग्लो छाल आउन सक्ने अनुमान गर्दै सतर्कताको सूचना जारी गरेको छ । अमेरिकाले पनि ठूला छालहरुसँगै बाढी पनि आउने सम्भावना रहेको जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...