शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट

२ माघ, काठमाडौं । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विष्फोटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरेका छन् ।

पहिलोपटक शुक्रबार र दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६ मिनेटमा ज्वालामुखी विष्फोट भएको सीएनएनले जनाएको छ ।

पानी मुनि ज्वालामुखी विष्फोट भएको र सो विष्फोटका कारण उत्पन्न ऊर्जाका कारण आएको छालले टोंगासम्म क्षति पुर्याएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

टोंगामा विद्युत, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका छन् । सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण भने आइसकेको छैन । त्यहाँका राजालाई सुरक्षित स्थानमा सारिएको पनि समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

जापानले तटीय क्षेत्रमा तीन मिटर अग्लो छाल आउन सक्ने अनुमान गर्दै सतर्कताको सूचना जारी गरेको छ । अमेरिकाले पनि ठूला छालहरुसँगै बाढी पनि आउने सम्भावना रहेको जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विदेशीलाई क्यानाडाको भिषा प्रक्रिया सहज बनाईदै

अन्टारियो। अन्य मुलुकबाट क्यानाडा आउनका लागि सञ्चालित कार्यक्रम ‘फेमिली क्लास इमिग्रेसन’ मा सुधार गरिने भएको छ।यसअन्तर्गतको प्रक्रियालाई अझ सहज बनाएर सुधार गरिने भएको हो। क्यानाडाका...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ। उक्त कार्यक्रमबाट १० हजार अमेरिकी...

रुस युक्रेनमा आफ्नो सेना परिचालन गर्न असफल

किभ । युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबीगरेको छ । मन्त्रालयका अनुसार सो...