शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

नेपालमा आज ६,७३४जनामा कोरोना संक्रमण

काठमाडौं  नेपालमा आज ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एन्टिजेन र पिसीआर विधिबाट गरिएको १७ हजार४६५ नमु्ना परीक्षणमा ६,७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा २,९४३, भक्तपुरमा २०१ र ललितपुरमा७९५ जनासँगै ३९३९ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ६,७३४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितहुनेको संख्या ९ लाख ६० हजार ६८० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५४७ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५४७ जनासँगै नेपालमाकोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा हालसम्म कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २९ हजार ७०५ जनार ११७२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये १३९ जना आइसीयु र २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म २ करोड ८१ लाख ८ हजार ८६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये १ करोड ५८लाख ९५ हजार ८२८ जनाले पहिलो मात्रा र १ करोड २२ लाख १३ हजार ३२ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

ध्यान किन आवश्यक छ र कसरी गर्ने ?

काठमाडौं । तपाईको स्वभाव कस्तो छ ? कुनैपनि कुरा एकाग्र भएर गर्न सक्नुहुन्न ? जति पढेपनि तपाईले पढेको कुरा सम्झन गाह्रो हुन्छ ? तपाईलाई...

काठमाडौँ प्रशासनले कोरोना नियन्त्रण गर्न जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौँ । कोरोना महामारी नियन्त्रका लागि काठमाडौँ जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले...

नेपालमा थप १०,३१९जनामा कोरोना संक्रमण

काठमाडौं: नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २१ हजार २०१ जनाको नमुना परीक्षण गर्दापीसीआरबाट ८०५४ र एन्टिजेनबाट २२६५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  त्यस्तै पछिल्लो २४ घन्टामा थप २५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ। नेपालमासक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ।