बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

स्थानीय तहको निर्वाचन बैशाखमा


काठमाडौं
 : स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै गर्ने बारे सत्ता गठबन्धनबीच सहमति भएको छ। मंगलबार बिहान बालुवाटारमाबसेको राजनीतिक समन्वय समितिको बैठकमा वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने बारे छलफल भएको हो। 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा स्थानीय तहको निर्वाचन, आसन्न राष्ट्रिय सभाको निर्वाचन लगायत सरकारसञ्चालनका विषयमा छलफल भएको बताए। निर्वाचन आयोगले वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएकोथियो। 

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यकपर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोग र एमालेले दबाब दिंदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहकोनिर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाईजनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ। 

आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गतेबुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ। एकै चरणमासम्भव नभए वैशाख १४ गते पहिलो र वैशाख २२ गते दोस्रो चरणको निर्वाचन मिति तोक्ने आयोगको प्रस्ताव छ।  

पाँच दलीय‍ गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा कृष्ण सिटौला, नेकपा (माओवादी केन्द्र)का अध्यक्षपुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्रयादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। मन्त्रिपरिषद्‍बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ...

तीन दिन भित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउने काँग्रेस शीर्ष नेताहरुबीच सहमति

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ ।  नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर...