मङ्लबार, जेष्ठ १२, २०८३

मङ्लबार, जेष्ठ १२, २०८३

स्थानीय तहको निर्वाचन गराउन गठबन्धन सहमत


काठमाडौँ — सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिक सहमति जुटे वैशाख/जेठमा संसदीय र नजुटे स्थानीयतहको चुनावमा जाने समझदारी गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार तेस्रो विकल्पका रूपमा तीनवटै चुनाव एकै पटक गर्नेविषयमा समेत छलफल भएको छ । 

चुनावबारे थप छलफलका लागि गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक शुक्रबार बोलाइएको छ । ‘बैठकमासबैका विचार आउँछन् । त्यसपछि एउटा निष्कर्षमा पुग्छौं,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने । 

गत मंगलबार समन्वय समिति बैठकमा माओवादी अध्यक्ष दाहालले वैशाख/जेठमा संघीय र कात्तिक/मंसिरमा स्थानीय तहको चुनाव गर्नेप्रस्ताव गरेका थिए । यही विषयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बिहीबारबालुवाटारमा छलफल भएको हो । गठबन्धनमै रहेका दलहरूभित्र भने दाहालको प्रस्तावमाथि पर्याप्त छलफल भएको छैन । कतिपयलेस्थानीय चुनाव धकेल्न लागेको भनेर दाहालको आलोचना गरिरहेका छन् । चुनावको मितिबारे दाहालको प्रस्तावलाई एकीकृतसमाजवादीका अध्यक्ष नेपालको भने समर्थन देखिएको छ ।

स्थानीय चुनाव वैशाखमा गराउन निर्वाचन आयोगले लगातार सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराइरहेका बेला दाहाललेकात्तिक/मंसिरको प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभा पूरा कार्यकाल रहनुपर्नेमा सत्ता गठबन्धनले जोड दिइरहेका बेला सत्ता घटकमाओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाख/जेठमा नै किन संघीय चुनाव चाहेका छन् त ? निकट नेताहरूका अनुसार मूलतः गठबन्धनसुनिश्चित गर्ने रणनीतिक कदमका रूपमा उनले अगाडि संघीय चुनाव गराउने प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट मिनाकुमारी लामा

हेटौंडा । सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई...

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन्। शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। उनलाई नेपाल सरकार...