सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

सरकार निर्वाचन बाट भाग्न खोजेको एमालेको आरोप


काठमाडौं
 : सत्ता गठबन्धन स्थानीय निर्वाचन पहिले कि संघको भनेर अलमलिएको छ। यसलाई प्रमुख प्रतिपक्षी एमालेले सरकारस्थानीय निर्वाचनबाट भाग्न खोजेको भनेर टिप्पणी गरेको छ। 
‘नेपालको संविधानले स्थानीय तहहरूको रिक्तताको परिकल्पना नै गरेको छैन। स्थानीय तहहरू जनतासँग प्रत्यक्ष सम्बन्ध राख्नेसबैभन्दा नजिकको सरकारको भूमिकामा छन्’, अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रेस विज्ञप्तिमार्फत सोधेका छन्, ‘तर, सरकार योनिर्वाचन किन चाहेको छैन ?’ 

सत्ता गठबन्धनले नै संविधानका बुँदा लत्याउन खोजको आरोप अध्यक्ष ओलीले लगाएका छन्। ‘कानुनको अज्ञानता वा अनभिज्ञता क्षम्यहुँदैन। यो कानुनी राज्यमा लागू हुने आधारभूत मान्यता र सिद्धान्त नै हो’, ओलीले भनेका छन्, ‘तर, सामान्य नागरिकले पनि ख्याल गर्नुपर्नेयो सिद्धान्तलाई प्रतिपक्षी दलले सत्तारुढ दलका प्रमुख र सरकारलाई सम्झाउनुपर्ने अवस्था आएको छ।’ 
ओलीले १५ बुँदे प्रेस वक्तव्यमा समयमै स्थानीय निर्वाचन किन आवश्यक छ भन्नेबारे उल्लेख गरेका छन्। जनतालाई सेवा प्रदान गर्नेआधारभूत निकाय नै स्थानीय तह रहेको वक्तव्यमा जनाइएको छ। यी निकायलाई रिक्त राख्नु भनेको जनतालाई सेवा–सुविधाबाटबञ्चित गर्नु र जनताको अधिकार कुण्ठित पार्नु भएको एमालेको ठहर छ। 

‘स्थानीय तहको यसै महत्वलाई ध्यानमा राखेर नेपालको संविधानले जुनसुकै अवस्थामा पनि विघटन नहुने गरी पाँच वर्षेकार्यकालसहितको स्थानीय तहको व्यवस्था गरेको हो। र, स्थानीय तह निर्वाचन ऐन, २०७३ मा कार्यकाल सकिनु दुई महिनाअगावैनिर्वाचन गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ’, ओलीले भनेका छन्, ‘निर्वाचन आयोगले समेत यस विषयमा सरकारको गम्भीरध्यानाकर्षण गराउँदा सरकार कता बहकिएको छ ?’ आयोगले २०७९ वैशाख १४ मा स्थानीय निर्वाचनको मिति तोक्ननिर्वाचन सरकारलाई ताकेता गरिरहेको छ। 

आयोगको ताकेता र संविधान एवं कानुनको स्पष्ट व्यवस्थालाई बेवास्ता गर्दै गठबन्धनका कतिपय नेताले निर्वाचन पर धकेल्ने प्रपञ्चगरिरहेको एमालेको आरोप छ। निर्वाचन धकेल्न संविधानको धारा २२५ को भ्रमपूर्ण व्याख्या गरिरहेको वक्तव्यमा जनाइएको छ। जहाँलेखिएको छ, ‘कार्यपालिकासम्बन्धी व्यवस्था संविधानको धारा २१४, २१५ र २१६ मा अनि न्यायपालिकासम्बन्धी व्यवस्था संविधानकोधारा २१७ मा छ। संविधानको अलग्गै भाग–१८ मा स्थानीय व्यवस्थापिकासम्बन्धी व्यवस्था छ, जुन संविधानको धारा २२१, २२२, २२३ र२२४ मा सविस्तार उल्लेख छ। यो विषयमा सरकार किन नागरिकलाई अलमलमा पार्न चाहन्छ ?’

संविधानको भाग–१७ मा उल्लेखित स्थानीय कार्यपालिकाको निर्वाचन भएपछि मात्रै स्थानीय तहको व्यवस्थापकीय अधिकार प्रयोग गर्नेगाउँ÷नगरसभाको गठन हुने उल्लेख छ।

त्यसको गठनमा ढिला नहोस् भनेर संविधानको धारा २२५ को व्यवस्था गरिएको एमालेले स्पष्ट पारेको छ। उसले धारा २२५ ले स्थानीयतहको (स्थानीय कार्यपालिकाको) निर्वाचन सम्पन्न भएको ६ महिनाभित्रै गाउँ÷नगरसभा गठन गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थालाईनमिच्न आग्रह गरेको छ। 

स्थानीय निर्वाचन समयमै हुनुपर्ने विषयमा एमाले स्पष्ट रहेको वक्तव्यमा उल्लेख छ। यो विषयमा पार्टी द्विविधारहित र दृढ अडानमारहेको जनाइएको छ। स्थानीय निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न गठबन्धनका नेता लागिपरेको आरोप एमालेले लगाएको छ।गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा पार्टी उभिएको वक्तव्यमा उल्लेख छ। जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेकोउसले स्पष्ट पारेको छ। गत वर्ष ताजा जनादेशको माग गर्दा जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ भनेको नभुलेको वक्तव्यमा उल्लेखछ। एमालेले जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भन्न नसकिने पनि स्पष्ट पारेको छ। 

अर्थतन्त्रमा अनिष्टको संकेत
एमालेले अर्थतन्त्रका सबै सूचकले गम्भीर ‘अनिष्ट’को संकेत गरिरहेको जनाएको छ। बजेटलाई विस्थापन गरी नयाँ बजेट ल्याएकोसरकारले विकासको काम ठप्प पारेको आरोप अध्यक्ष ओलीले लगाएका छन्। ‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिकअवस्थाको विवरणले मुलुक आर्थिक संकटतिर उन्मुख भएको चिन्ताजनक तस्बिर प्रस्तुत गरेको छ,’ वक्तव्यमा लेखिएको छ।

उसले उपभोक्ता मुद्रास्फीति ६ वर्षयताकै उच्च बिन्दु (७.११ प्रतिशत)मा पुग्नुलाई सरकारको कमजोरी भनेको छ। प्रत्येक व्यक्तिकोदैनिकी महँगो भएको विश्लेषण एमालेले गरेको छ। घ्यु, तेल, दाल तथा गेडागुडी र पेट्रोलियम पदार्थको मूल्य अकासिनु पनि सरकारकोकमजोरी रहेको जनाइएको छ। ‘दुई वर्षअघि यसै अवधिमा आलुदेखि गोलभेंडासम्म विभिन्न तरकारीको मूल्य १५ देखि ४० प्रतिशतसम्मघटेको थियो,’ एमालेले भनेको छ, ‘सत्तारुढ दल नेतृत्वको सरकारले गलत नीति लिएका कारण अर्थतन्त्रमा समस्या आयो।’

सरकार गठनको पाँच महिनामै व्यापारघाटा ५४.७ प्रतिशतले वृद्धि भएको वक्तव्यमा उल्लेख छ। एमाले सरकारमा रहँदा पहिलो पाँचमहिनामा यस्तो घाटा १०.९ प्रतिशत मात्र रहेको स्मरण गराइएको छ। अहिले ७ खर्ब ३५ अर्ब ४९ करोड व्यापारघाटा छ। त्यस्तै विदेशीमुद्राको सञ्चिति निरन्तर घट्दै गएकोप्रति एमालेले चिन्ता व्यक्त गरेको छ। असारसम्म १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी विनिमयसञ्चिति रहे पनि गठबन्धन सरकारको पाँच महिनामै सञ्चितिमा १३.२ प्रतिशतले कमी आएको एमालेले जनाएको छ। 

कसले बेच्यो २४ लाखभन्दा बढी खोप ?
एमालेले कोरोना महामारीको तेस्रो लहरमा आइपुग्दा पनि सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको छ। नयाँ लहरले जनजीवनआक्रान्त बन्दा पनि खोपका विषयमा सरकार गम्भीर नबनेको निष्कर्ष उसले निकालेको छ। २४ लाखभन्दा बढी खोप हराएको सरकारीअधिकारीहरूले नै स्वीकार गरेको विषय एमालेले स्मरण गराएको छ। ओलीले प्रश्न गरेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? यसको उत्तर सरकारले दिनुपर्छ।’ 

सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद र विदेभकारी कदम भएको एमालेको ठहर छ। अघिल्लो सरकारलेव्यवस्था गरिदिएको खोपको आपूर्ति, व्यवस्थापन, भण्डारणमा पनि सरकार अक्षम देखिएको एमालेको दाबी छ। ‘तुलनात्मक रूपमासहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रमा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोपकार्डअनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ।’, ओलीले भनेका छन्। 

स्वास्थ्य क्षेत्रको बजेट सरकारले कटौती गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको आरोप पनि एमालेले लगाएको छ। आफ्नो नेतृत्वकोअघिल्लो सरकारले ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण अघि बढाएको वक्तव्यमा उल्लेख छ। त्यसका लागि ६ अर्ब१५ करोड बजेट विनियोजन गरेकोमा यो सरकारले १ अर्ब ५० करोड कटौती गरेको जनाइएको छ।

ललिता निवास हिनामिना ढाकछोप
एमालेले खोप हराएकोदेखि भ्रष्टाचार बढेको सम्मका विषयमा प्रश्न गरेको छ। ललिता निवासको ९ सय ४३ रोपनी हिनामिनासँगसम्बन्धित विषय ढाकछोप गरेर सरकारले भ्रष्टाचारलाई बढावा दिएको आरोप एमालेको छ। ‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेदुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धानमा आधारित मुद्दालाई सरकारी वकिलको कार्यलयले फिर्ता गर्नु सरकारी सम्पत्तिहिनामिनामा संलग्नहरूलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च हो,’ विज्ञप्तिमा लेखिएको छ। 

मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेकोमा चिन्ता व्यक्त गर्दै एमालेले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रियहितलाई केन्द्र विन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अबलम्बन गर्नुपर्नेमा विदेशीहरूका लागि कम्फर्टेबल बन्ने सरकारकोबचनबद्धताका कारण राष्ट्रियहितमाथि निरन्तर आँच पुगेको छ, यो विषयमा सरकार गम्भीर बन्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

डोल्पाको दुई गाउँपालिकाका अध्यक्ष निर्विरोध

सुर्खेत । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले...

मुर्रा नेपाल आउन अझै दुई महिना लाग्ने

भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना...