शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

जिल्ला प्रशासन कार्यालय बाँकेले गर्यो सेवा बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भोलि मंगलबारदेखि कार्यालय बन्द रहने जनाएको हो ।

प्रमूख जिल्ला अधिकारी खत्रीका अनुसार कार्यालयका कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्तारनवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएको सूचनामा जनाइएको छ। साथै अत्यावश्यक सेवाका लागि पनि सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

नेपालमा कोरोनाले एकैदिन १६को मृत्यु

काठमाडौं: नेपालमा कोरोना संक्रमणसँगै मृत्यु दर पनि बढेको छ। स्वास्थ्य मन्‍त्रालयका अनुसार शनिबार एकैदिन थप १६ जनासंक्रमितको मृत्यु भएको छ। यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ। शनिबार थप १० हजार बढीमा कोरोना संक्रमण देखिएकोथियो। मन्त्रालयका अनुसार देशभरि २‍० हजार १८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएकोहो। नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ। 

डोटीमा भाइरल ज्वरोको बिरामी बढे

डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत...