बिहिबार, बैशाख ३१, २०८३

बिहिबार, बैशाख ३१, २०८३

जिल्ला प्रशासन कार्यालय बाँकेले गर्यो सेवा बन्द

जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भोलि मंगलबारदेखि कार्यालय बन्द रहने जनाएको हो ।

प्रमूख जिल्ला अधिकारी खत्रीका अनुसार कार्यालयका कर्मचारीहरुलाई कोभिड संक्रमण पुष्टि भएपछि शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्तारनवीकरण हातहतियार नवीकरण लगायतका सेवाहरु हाललाई स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएको सूचनामा जनाइएको छ। साथै अत्यावश्यक सेवाका लागि पनि सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

छाङरु र तिंकर जान झण्डै ८ सय जनाले लिए सिफारिस

दार्चुला । कालापानी नजिकको सीमा क्षेत्रका गाउँहरू छाङरु र तिंकर जानका लागि झण्डै ८ सय जनाले भारतीय प्रशासनको अनुमतिका लागि सिफारिस लिएका छन् । सीमा...

के मानव मस्तिष्कलाई कार्बोहाईड्रेट चाहिन्छ ?

डा. दिलजान मन्सूर कर्ट शुरुमा कार्बोहाइड्रेट (Carbohydrate) बारे सामान्य जानकारी हामीले दैनिक खाने खानाबाट प्राप्त हुने फाइबर (FIBER) बाहेक, खानाबाट प्राप्त हुने कार्बोहाइड्रेटलाई हाम्रो शरिरको लागि...