पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ । स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार हसनैन शाह आफ्नो कारमा पूर्वी सहर लाहोरको प्रेस क्लबसम्म पुगेका थिए। मोटरसाइकलमाआएका दुई बन्दुकधारीले अचानक गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघले पाकिस्तान लामो समयदेखि पत्रकारका लागि विश्वको सबैभन्दा खतरनाक देश रहेको बताएको छ ।