सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

युक्रेनका राष्ट्रपतिको अपील युद्धको डर नउबज्जाउ

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धको डर नउब्जाउन पश्चिमी देशहरूलाई अपील गरेका छन्।

उनले पत्रकारलाई भने, ‘कुनै पनि समय आक्रमण हुन सक्छ’ भन्ने जस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको छ।’

यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। उनले यसलाई बलियो सम्भावना भनेका छन्।

रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ। शुक्रबार रुसका विदेशमन्त्रीले मस्कोले युद्ध नचाहेको बताए।

हाल युक्रेनको रुससँगको सीमामा करिब एक लाख सैनिक तैनाथ छन्। त्यसैलाई कारण देखाएर अमेरिका र पश्चिमा देशले लगातार युद्धको चेतावनी दिइरहेका छन्।

युक्रेनका राष्ट्रपतिले भने आफ्नो भर्खरैको वक्तव्यमा सेनाको यो तैनाथीलाई पछिल्लो पटक भन्दा ठूलो खतराको रूपमा नदेखेको  उल्लेख गरेका छन्।

पत्रकार सम्मेलनमा उनले भने, ‘सम्मानित देशका नेताहरु भोलि नै युद्ध हुने निश्चित भएजसरी चेतावनी दिइरहेका छन्। यसले आतंकको वातावरण सिर्जना गर्ने गरिरहेको छ । यसल‍े हाम्रो देशलाई कत्ति ठूलो असर गर्छ?’

सम्बोधनमा उनले देशभित्रको यस्तो त्रास र अस्थिरताको अवस्था देशका लागि सबैभन्दा ठूलो खतरा भएको बताए।

ह्वाइट हाउसका प्रवक्ता एमिली हर्नले राष्ट्रपतिले फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्ने प्रबल सम्भावना रहेको बताएको उल्लेख गरेकी छन्।

प्रवक्ताका अनुसार युक्रेनका राष्ट्रपतिसँगको वार्तामा राष्ट्रपति बाइडेनले युक्रेनमा रुसले आक्रमण गरेमा अमेरिका र उसका सहयोगीहरूले रुसलाई निर्णायक जवाफ दिने बताएका छन्।

उही समयमा, रुसले आक्रमणको डरलाई अस्वीकार गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुसामु धेरै माग राखेका छन्। मागमा उनले ती देशहरूलाई युक्रेनलाई कहिले पनि नेटोको सदस्य बन्न नदिन र नेटो गठबन्धनले पूर्वी युरोपमा आफ्ना सबै सैन्य गतिविधि त्याग्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ। उक्त कार्यक्रमबाट १० हजार अमेरिकी...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...