आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

डोनाल्ड ट्रम्पले गरे जो बाइडेन प्रशासनको आलोचना

१६ माघ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेन प्रशासनको आलोचना गरेका छन् ।  राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा केही समयमै फौज पठाउने भनेको भोलिपल्ट ट्रम्पले उनको आलोचना गरेका हुन् ।

शनिबार टेक्सासमा आयोजित ‘सेभ अमेरिका’नामक जुलुसलाई सम्बोधन गर्दै ट्रम्पले युक्रेनको सीमा कसरी जोगाउने भनेर मात्रै सोचेको तर मेक्सिकोसँगको सिमानामा जारी संकटप्रति आँखा चिम्लेको भन्दै बाइडेन प्रशासनको आलोचना गरेका हुन् । बाइडेनले गलत सिमानामा फौज पठाउन लागेको पनि उनको भनाइ थियो ।

‘वाशिङ्टनमा सबैले युक्रेनको सीमाना कसरी जोगाउने भनेर मात्रै सोचिरहेका छन्’, ट्रम्पले आफ्ना समर्थकलाई भने, ‘तर यतिबेला विश्वमा हाम्रा लागि सबैभन्दा महत्वपूर्ण सिमाना युक्रेनको होइन, अमेरिकाको सीमाना हो ।’

ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानामा हालसम्मकै धेरै अवैध आप्रवासी आएको भन्दै यसलाई अमेरिकाको सुरक्षा जोखिममा पारिरहेको हमला जस्तै भएको पनि बताएका छन् ।

बाइडेनले अमेरिकी सिमाना बुझाइसकेको र सारा संसारले युद्धमा हारेको जस्तै गरी अमेरिकामाथि अधिक्रमण गरिरहेको पनि उनको भनाइ थियो ।

अमेरिकाले रुसको ढोकैमा सैना तैथान गर्नुको साटो आफ्नो दक्षिणी सीमानामा सैनिकको संख्या बढाउनु पर्ने पनि ट्रम्पले बताए । ‘हाम्रो नेताहरूले अरु मुलुकमाथि हमला हुने कुरा गर्नुपूर्व यो मुलुकमाथि हुने हमला रोक्नुपर्छ’, उनले थपे । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...