सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

डोनाल्ड ट्रम्पले गरे जो बाइडेन प्रशासनको आलोचना

१६ माघ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेन प्रशासनको आलोचना गरेका छन् ।  राष्ट्रपति जो बाइडेनले पूर्वी युरोपमा केही समयमै फौज पठाउने भनेको भोलिपल्ट ट्रम्पले उनको आलोचना गरेका हुन् ।

शनिबार टेक्सासमा आयोजित ‘सेभ अमेरिका’नामक जुलुसलाई सम्बोधन गर्दै ट्रम्पले युक्रेनको सीमा कसरी जोगाउने भनेर मात्रै सोचेको तर मेक्सिकोसँगको सिमानामा जारी संकटप्रति आँखा चिम्लेको भन्दै बाइडेन प्रशासनको आलोचना गरेका हुन् । बाइडेनले गलत सिमानामा फौज पठाउन लागेको पनि उनको भनाइ थियो ।

‘वाशिङ्टनमा सबैले युक्रेनको सीमाना कसरी जोगाउने भनेर मात्रै सोचिरहेका छन्’, ट्रम्पले आफ्ना समर्थकलाई भने, ‘तर यतिबेला विश्वमा हाम्रा लागि सबैभन्दा महत्वपूर्ण सिमाना युक्रेनको होइन, अमेरिकाको सीमाना हो ।’

ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानामा हालसम्मकै धेरै अवैध आप्रवासी आएको भन्दै यसलाई अमेरिकाको सुरक्षा जोखिममा पारिरहेको हमला जस्तै भएको पनि बताएका छन् ।

बाइडेनले अमेरिकी सिमाना बुझाइसकेको र सारा संसारले युद्धमा हारेको जस्तै गरी अमेरिकामाथि अधिक्रमण गरिरहेको पनि उनको भनाइ थियो ।

अमेरिकाले रुसको ढोकैमा सैना तैथान गर्नुको साटो आफ्नो दक्षिणी सीमानामा सैनिकको संख्या बढाउनु पर्ने पनि ट्रम्पले बताए । ‘हाम्रो नेताहरूले अरु मुलुकमाथि हमला हुने कुरा गर्नुपूर्व यो मुलुकमाथि हुने हमला रोक्नुपर्छ’, उनले थपे । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मुर्रा नेपाल आउन अझै दुई महिना लाग्ने

भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना...

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...

विदेशीलाई क्यानाडाको भिषा प्रक्रिया सहज बनाईदै

अन्टारियो। अन्य मुलुकबाट क्यानाडा आउनका लागि सञ्चालित कार्यक्रम ‘फेमिली क्लास इमिग्रेसन’ मा सुधार गरिने भएको छ।यसअन्तर्गतको प्रक्रियालाई अझ सहज बनाएर सुधार गरिने भएको हो। क्यानाडाका...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...