काठमाडौँ — राप्रपाका पूर्वअध्यक्ष कमल थापाले वर्तमान नेतृत्वले सबै पक्षलाई नसमेटे पार्टी दुर्घटना पर्ने चेतावनी दिएका छन् ।आइतबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनाबाट जोगाउने मुख्य जिम्मेवारी अध्यक्षको भएको स्मरणगराएका छन् ।
‘तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नु भयो । मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन । आउँदो पाँच वर्षतपाईंले नै पार्टीलाई हाँक्ने हो’, थापाले पत्रमा लेखेका छन्, ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्यजिम्मेवारी हो ।’
गत मंसिरमा भएको एकता महाधिवेशनमा थापालाई पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए । थापाले पूर्वराजाज्ञानेन्द्र शाह र निर्मल निवासले राप्रपाको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउदै आएका छन् ।
आइतबार लेखेको पत्रमा समेत अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु राजसंस्था प्रतिको विरोध नभएको स्पष्टपारेका छन् । ‘पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाटचलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होईन’, पत्रमा भनिएको छ, ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो ।’