मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३

एमसीसी राष्ट्रहितमा छैन:भीम रावल

नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता संसदबाट अनुमोदननगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष आग्रह गरेका छन्  सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकालेसंसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराएका हुन् उनले एमसीसी सम्झौता अनुमोदन नगरी राष्ट्रिय स्वाधिनता, हित अस्मिताकोदीर्घकालीन सुरक्षाका लागि सबैले पदीय जिम्मेवारी वहन गर्ने अपेक्षा समेत राखे  

नेता रावलले आजसम्म कुनैपनि देशसँग भएका अनुदान सम्झौता संसदमा अनुमोदनका लागि पेश नभएको भन्दै एमसीसी सम्झौतालाईकिन संसदबाट पारित गर्नुपर्ने भन्ने प्रश्न गरे उनले सो सम्झौता हस्ताक्षरको चरणदेखि नै दुई स्वतन्त्र सार्वभौम देशहरूका बीचमापारस्परिक समानता हितमा आधारित नभई असमान रहेको उल्लेख गरे

विगतका सम्झौताको पुनरावलोकन गरी समानता पारस्परिक हितको आधारमा सम्झौता गर्ने संवैधानिक प्रतिवद्धता विपरित असमानसन्धिसम्झौता गर्न अग्रसर हुनु राजनैतिक अनैतिकता ठहरिने उनको भनाइ एमसीसी सम्झौता कार्यान्वयनको सर्तमा नेपाललेवर्तमान भविष्यमा बन्ने अमेरिकी कानून मान्नुपर्छ भन्ने उल्लेख गरेको भन्दै नेता रावलले अनुदान सहायतामा थोपरिने यस्तो शर्तलेनेपाललाई शक्ति राष्ट्रको सामरिक स्वार्थभित्र रहन बाध्य तुल्याउने बताए उनले नेपालको संविधान, राष्ट्रिय स्वाधिनता हितसँगबाझिने सम्झौताका प्रावधानहरु संशोधन परिवर्तन हुनुपर्ने त्यसो गर्न नसकिए सम्झौता रद्द गर्नुपर्ने बताए  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

पशुपतिशमशेरजबराले गरे २२ पुसमा सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेरजबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो...

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले  सरकारको गरेको...

अनलाइन कक्षाले बालबालिकामा परेको असर र ध्यान दिनैपर्ने कुरा

डा. नर्मदा देवकोटा अहिले परिस्थिति एकदम डरलाग्दो छ । हाम्रो हातमा नभएका कुराहरु भइरहेका छन् । यसले सबै खालका उमेर समूहका मानिसलाई असर पारेको छ, त्यसमा...