आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक:नेता भट्टराई

टोकियोनेकपा एमाले संसदिय दलका प्रमुख सचेतक बिशाल भट्टराईले मुलुकमा राजनैतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचितप्रधानमन्त्री प्रणाली आवश्यक रहेको बताएका छन्

नेता भट्टराई नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च जापानको कान्तो क्षेत्रीय समितिको गत आइतबार भएकोपाँचौ अधिवेशनका लागि जापान आएका हुन्

भट्टराईले घरदेशदेखि यति टाढाको परदेशमा आएर पनि नेपाली पत्रिका, नेपाली मिडिया, नेपाली स्कुल आफ्नो सँस्कृति संस्कारजन्य उपस्थिति एवं नेपालीपन भेट्न पाएकोमा ज्यादै खुशी लागेको बताए उनले भने – ’सिष्टमले चल्ने देश जापानबाट हामीलेधेरै सिक्नुपर्ने , हाम्रो देशमा यो प्रणाली स्थापित गर्न सकेका छैनौं, श्रमको सम्मान गर्ने सँस्कार कामप्रति इमान्दार प्रतिबद्धताकाकारण आजको जापान संभव भएको हो, राष्ट्रभक्ति भावनाकासाथ श्रम गर्ने संस्कार सिष्टमले देश चल्ने जापानको प्रणालीबाट निकैप्रभावित भएको छु, यो खालको प्रणाली नेपालमा पनि स्थापित होस भन्ने चाहान्छु

नेता भट्टराईले पार्टीको बिचार लिएर शुभचिन्तकशुभेच्छुक कार्यकर्तामा ऊर्जा भर्न आफु जापान आएको उनीहरुका अनुभवजन्यउपयोगी बिषयवस्तु नेपालीले भोग्नुपरेका पीडा केहीछन् भने समाधानका लागि पहल गर्न त्यो लिएर जान चाहेको बताए

प्रवासमा रहेका नेपालीहरुले अपेक्षागरेअनुरुप मुलुक बन्न नसक्नुमा अर्थात पछाडि पर्नुमा राजनैतिक अस्थिरता पहिलो कारण, दोस्रोकारण दुरदर्शी राजनेताको अभाव तेस्रो कारण भनेको हरेक नागरिकमा देशभक्तिको भावनाको अभाव अर्थात यो देश बनाउने जिम्मामेरो पनि हो भन्ने संकल्पको अभाव जस्ता कारण रहेको नेता भट्टराईको धारणा थियो

एक अर्को प्रसंगमा नेता भट्टराईले नेपालको कर्मचारी संयन्त्र धेरै पुरानो भईसकेकोले यसको रिफर्म गरिनुपर्ने धारणा ब्यक्त गरे त्यसकालागि प्रमुख राजनीतिक दलहरु बीच सहमति गरेर जान सकिने उनको भनाई थियो समृद्ध नेपाल सुखी नेपालीभन्ने संकल्पलाई पूरागर्न प्रमुख दलहरुबीच साझा धारणा बनाएर जान सकिने उहाँको जिकिर

संघ तथा प्रदेशको निर्वाचनको मिति घोषण भईसकेको परिस्थितिमा सत्ताधारी दलहरुको गठबन्धनसंग एक्लै भिड्न नेकपा एमाले सक्षमरहेको नेता भट्टराइले बताए उनले अगाडि भने -’गठबन्धनले मुलुक निर्माण गरेको इतिहास कतै छैन

नेता भट्टराईले गैर आवासीय नेपालीहरुका लागि नागरिकता ऐन लागू भएकोमा प्रसन्नता ब्यक्त गदै खुशी बाँड्न चाहेको बताए यसैगरीभट्टराईले गैरआवासीय नेपालीहरुलाई मताधिकार दिलाउनका लागि पनि अधिकतम पहल गरिने विचार ब्यक्त गरे

उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सुरक्षित, सम्मानित मर्यादित श्रमको ग्यारेन्टी हुनुपर्छ भन्ने आफ्नो पार्टीको लाइन रहेकोपनि स्पष्ट पारे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...