सोमवार, कार्तिक २४, २०८३

सोमवार, कार्तिक २४, २०८३

जेठ ४ मा स्थानीय तहको निर्वाचनको प्रस्ताव पेश

निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगकापदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्नेछ ।

आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचनआयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछिचुनावको मिति औपचारिकरुपमा तय हुनेछ । 

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाईताकेता गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्री देउवाले पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए । देउवालेपार्टीका नेताहरूसँगको भेटमा जेठ ४ मै निर्वाचन हुने जानकारी दिएका थिए। नेपाली काँग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबारसाँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह-भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुनेबताउनुभएकाे छ । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...