बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

डेढ करोड कमिसनका लागि तीन जनाको हत्या

तीन जनाको हत्या आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलले हत्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिकबयान दिएका छन् । अपराध महाशाखा काठमाडौं र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा हत्याको कारण जग्गाको बैना वापतआउने कमिसन नै रहेको आरोपीले बताएका हुन् । 

प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाईगराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्कीभएको थियो । तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछिअन्य दुई जनाको हत्या गराएका थिए ।

प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरकोधापाखेलमा बोलाएर हत्या गरेको थियो । उक्त हत्याकाण्डको पोल खुल्ने डरले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा हत्या गरेका थिए । 

त्यसपछि शव वेपत्ता बनाउन लिम्बुको शव धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका७ कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गाडिएको थियो । छिटो शव गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेकाथिए । 

हत्याको आरोपमा प्रहरीले तत्काल तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खुबस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार र धनपालथानगाउँपालिका ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् । हत्यामा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेकोर उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ र चौधरीको हत्या तथा शव व्यवस्थापन गर्न लगाएको प्रहरीलेबताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

अलकायदाका प्रमुख अल-जवाहिरी ड्रोन हमलामा मारिए

काठमाडौँ — अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामाअलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ...

नेपालले अमेरिका संग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय...