बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

हत्या आरोपमा अघोरी बाबा पक्राउ

काठमाण्डाै । एक व्यक्तिको हत्या गरेको आरोपमा आफूलाई अघोरी बाबा बताउने शिव गिरी पक्राउ परेका छन्।

नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

दक्षिणकाली नगरपालिका–६ फर्पिङमा बस्ने ३५ वर्षीय गिरीले चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

अघोरीको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको मनमोहन स्मृति अस्पतालमा उपचार हुन नसकेपछि वीर ल्याइएको थियो। शुक्रबार बिहान वीर अस्पतालमा उनको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले अघोरीलाई पक्राउ गरेको र प्रहरी बृत्त कीर्तिपुरबाट कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी मैनालीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...