सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

हत्या आरोपमा अघोरी बाबा पक्राउ

काठमाण्डाै । एक व्यक्तिको हत्या गरेको आरोपमा आफूलाई अघोरी बाबा बताउने शिव गिरी पक्राउ परेका छन्।

नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या अभियोगमा गिरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

दक्षिणकाली नगरपालिका–६ फर्पिङमा बस्ने ३५ वर्षीय गिरीले चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

अघोरीको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको मनमोहन स्मृति अस्पतालमा उपचार हुन नसकेपछि वीर ल्याइएको थियो। शुक्रबार बिहान वीर अस्पतालमा उनको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले अघोरीलाई पक्राउ गरेको र प्रहरी बृत्त कीर्तिपुरबाट कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी मैनालीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...