बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

युक्रेनी सीमाबाट केही सेना हटायो रुसले, पुटिन भन्छनः युद्ध चाहन्नौँ

एजेन्सी । युक्रेनमाथि हमलाको खतराबीच रुसले मंगलबार आफूले युक्रेनको सीमाबाट आफ्ना केही सेना हटाइरहेको जानकारी दिएको छ ।

यद्यपि, युक्रेनले रुसी सेना फिर्ता गएको देखेमात्रै आफूलाई रुसको कुरामा विश्वास लाग्ने बताएका छन् । यस्तै, नेटोले यस्तो घोषणाले आशा जगाउने भएपनि रुसको दाबी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बताएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले युद्ध नचाहने भएकोले कुराकानीको प्रस्ताव पेश गरेको तर हालसम्म रुसको प्रस्तावको कुनै ठोस् जवाफ नआएको पनि उनले बताएका छन् ।

यसैबीच एक महत्वपूर्ण घटनाक्रममा रुसी संसदले भोटिङ गरेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका दुई गणराज्य लुहानस्क र दोनेत्स्कको स्वतन्त्रतालाई मान्यता दिन अनुमति दियो । यी दुबै गणराज्यले आफूलाई युक्रेनबाट स्वतन्त्र घोषित गरेको थियो ।

रुसले यी दुबै गणराज्यका ७,२०,००० जनालाई आफ्नो नागरिकता दिएको छ । यहाँ सन् २०१४ देखि विद्रोह सुरु भएको थियो । यदि पुटिन युक्रेनबाट अलग भएको यो दुबै गणराज्यलाई मान्यता दिन्छन् भने यो शान्ति सम्झौताको उल्लंघन मानिनेछ ।

रुसले भन्यो – पश्चिमी देशलाई लज्जा भयो

रुसको रक्षा मन्त्रालयले उनको सैन्य अभ्यास जारी भएको तर केही टुकडी आफ्नो आधार क्षेत्र तर्फ फर्किरहेको बतायो । यद्यपि, मन्त्रालयको बयानमा कति सैनिक फिर्ता भइरहेका छन् भन्ने जानकारी दिइएको छैन । यो पनि स्पष्ट छैन कि यसले रुस–युक्रेनबीच तनाव कति कम हुनेछ ।

रुसको रक्षा मन्त्रालयकी प्रवक्ता मारिया जखारोवले १५ फेब्रुअरी सन् २०२२ का दिन इतिहासमा दर्ता हुनेछ किनभने पश्चिमी देशको युद्धको प्रोपोगान्डा असफल भइसकेको छ । हाम्रो तर्फबाट कुनै गोली नचलाई उनीहरु लज्जित र ध्वस्त भइसकेका छन् ।

युक्रेनले सैनिकको फिर्तीको रुसको दाबी हाल पुष्टि हुन नसकेको बताएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भने, ‘मेरो सिद्धान्त के छ भने मैले जे सुन्छु, त्यसमा विश्वास गर्दिनँ । जुन देख्छौँ त्यसमा विश्वास गर्छु । जब हामी रुसी सैनिक फिर्ता भइरहेको देख्छौँ त्यतिबेला मात्रै तनाव कम भइरहेको ठान्छौँ ।’

उनका अनुसार युक्रेन रुससँग आफ्नो तनाव थप नबढाउनका लागि मित्र देशसँग मिलेर कुटनीतिक कोसिसमा लागेका छन् ।

यसैबीच बेलायतले कुटनीतिक कुराकानी सुरु हुने संकेत देखिएको बताएको छ । तर गुप्तचर जाकारीका अनुसार स्थिति उत्साह जगाउने खालको छैन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनबारे इमर्जेन्सी कोबरा मिटिङपछि रुसबाट यतिबेला मिश्रित संकेत पाइएको बताए ।

उनले भने, ‘युक्रेनको नजिक रुस फिल्ड अस्पताल बनेको छ । यसका साथै अतिरिक्त बटालियनलाई सीमाको थप नजिक लगिँदैछ । यसलाई हमलाको तयारी नै मान्न सकिन्छ । रुस ठूलो तयारीमा लागिरहेको छ र कुनै पनि बेला हमला गर्नसक्छ ।’

जोनसन भन्छन्, ‘यदि रुसले युक्रेनमाथि हमला गरे रुसी बैंक र कम्पनीमाथि कडा प्रतिबन्ध लगाइनेछ । ’

नेटोले के भन्यो ?

रुसले आफ्ना केही सैनिकलाई फिर्ता बोलाएको जुन घोषणा गरेको छ, त्यसबारे नेटोले पनि प्रतिक्रिया दिएको छ । नेटोका महासचिव जेन्स स्टोलटनबर्गले ठूलो संख्यामा रुसी सैनिक फिर्ता भएपछि र सीमाबाट सैन्य उपकरण हटाएपछि मात्रै तनाव साँच्चै नै कम हुने बताएका छन् । रुसले हमलाका लागि सबैकुरा तयार राखेका छन् ।

यसैबीच जर्मन चान्सलर ओलाफ स्कोल्ज रुस पुगिसकेका छन् । उनी छिट्टै रुसको राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नेछन् । जर्मनीले रुसप्रति नरम धारणा अपनाइरहेको छ भनेर व्यापक आलोचना भइरहेको छ । जर्मनीले रुसबाट आउने नर्ड स्ट्रिम ग्यास पाइपलाइन परियोजनालाई रद्द नगर्ने मान्यता राखिएको छ । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि रुसले युक्रेनमाथि हमला गर्छन भने यो परियोजना रद्द गरिने चेतावनी दिइसकेका छन् ।

हमलाको खतराः

रुसले आफ्ना केही सैनिकलाई फिर्ता बोलाएको घोषणा त गरेका छन् तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । पश्चिमी देशले यसबारे अहिलेसम्म सिधा प्रतिक्रिया दिएका छैनन् ।

अघिल्लो वर्ष नोभेम्बरमा मात्रै रुसले युक्रेनको सीमामा आफ्ना सैनिकको तैनाथी सुरु गरेको थियो । हालसम्म एक लाखभन्दा बढी रुसी सैनिक त्यहाँ तैनाथ गरिएका छन् । यसैकारण रुसले युक्रेनमाथि कुनै पनि बेला हमला गर्नसक्छ भनी आशंका जताइँदैछ ।

रुसको युक्रेनसँग सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ । युक्रेन नेटोमा समावेश होस् भन्ने रुस चाहँदैन तर पश्चिमी देशको सैन्य गठबन्धन नेटोले युक्रेन नेटोमा समावेश नगर्ने भन्ने कुराको प्रत्यायभूत गर्नका लागि आफू तयार नभएको बताएको छ । अमेरिकाले रुस युक्रेनमाथि हमला गर्नसक्ने आशंका व्यक्त गरेका ेछ । यसैकारण उसले आफ्नो दूतावास राजधानी किवबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...

कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

काठमाडौ, २७ बैशाख । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो...

युक्रेनमा रूसी सैनिक मारिएको पुष्टि

रुसले पहिलोपटक युक्रेनमा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको छ तर कति सैनिक मारिए भन्ने खुलाएको छैन । रुसी सैनिकहरूले विशेष सैन्य कारबाहीमा युद्ध कार्य पूरा...