काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष जनक धामीले जानकारी दिए ।
अध्यक्ष धामीका अनुसार बानेश्वर तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेचरले खाद्यान्न, ग्रोसरी तथा दैनिक उपभोग्य सामान प्रालिले ग्राहकमाझ उपलब्ध गराउँदै आइरहेको छ ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको नेचरले बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार सेवा प्रदान गर्न सफल भएको अध्यक्ष धामीले बताए । उनले भने, ‘हामीले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराएका छौं । ग्राहकको सुविधालाई ध्यानमा राखेका छौं ।’
काठमाडौंको मैतीदेवीमा मुख्य शाखा रहेको नेचरले यसअघि काठमाडौंको नरेफाँट र भक्तपुरको बालकोटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालन भइरहेको छ ।