शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

रुसको दक्ष जनशक्ति पलायन हुदै

रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि दुई लाखभन्दा बढी रुसी सर्वसाधारणले देश छाडेको रुसी अर्थविद्हरूको रिपोर्ट छ ।  

यसरी देश छाड्नेहरूमा अधिकांश दक्ष प्राविधिक उद्योगका प्रोफेसनल भएको बताइएको छ । 

यही कारणले रुसले आगामी दिनमा ठूलो स्तरको ‘ब्रेनड्रेन’ अर्थात् अधिकतम दक्ष जनशक्ति पलायन हुने समस्याको सामना गर्नुपर्नेछ । 

उनीहरू सबै रुसी नीतिसँग असहमत रहेको, तर त्यसको विरोध गरे हिंसात्मक रूपमा दबाउने प्रयास हुने डरका कारण आफूहरू देश छाडेरजान लागेको भिडियो गेम निर्माता इगोर बताउँछन् ।

उनले भने, “यहाँ हामीले विरोध जनाउने एउटै तरिका देश छाड्नु हो र आफूसँगै आफ्नो सबै क्षमता र पैसा पनि लैजानु हो ।”

युरोपियन युनियन, अमेरिका, बेलायत, क्यानडालगायत दर्जनौँ देशले रुसी उडानमाथि प्रतिबन्ध लगाएका छन् । 

त्यसैले यतिबेला रुसी नागरिक टर्की, मध्यएसिया, दक्षिण कोकेसस, अर्मेनियालगायत भिसा आवश्यकता नपर्ने÷अनुमति प्राप्त देशमाभागिरहेका छन् । 

हाल २५ हजारभन्दा बढी रुसी नागरिक जर्जिया विमानस्थलमा अवतरण गरिसकेका छन् । तिनैमध्येका एक हुन् येभगेनी ल्यामिन ।जसले पुटिनको शाशनविरुद्ध रहन आफूले देश छाड्ने निर्णय गरेको बताए । 

२३ वर्षीय राजनीतिका ग्राजुएट भन्छन्, “युक्रेनीलाई साथ दिन म आफूले सक्ने सबै प्रयास गर्नेछु । म यसलाई मेरो जिम्मेवारी ठान्दछु ।”

उनीजस्ता हजारौँले जर्जियाको राजधानीमा सुटकेस लिएर र कतिले आफ्नो घरपालुवा जीव लिएर सडकमा यताउती भौँतारिरहेकोबताइएको छ । 

त्यहाँ सबै प्रमुख सहरमा बस्ने ठाउँ पाउनै कठिन भइसकेको बताइएको छ । 

यता बेलारुसका नागरिक पनि देश छाड्न थालिसकेका छन् । जसकारण इस्तानबुल र अर्मेनियाको राजधानी येरेभानमा अहिले अन्तिममिनेटको फ्लाइटको शुल्क आकासिएको अवस्था छ ।

आफ्नो देशले धोका दिएको महसुस गरेपछि देश छाड्ने निर्णय गरेकी अन्या भन्छिन्, “इस्तानबुलको ‘वान–वे’ फ्लाइटका लागि म र मेरापतिको एक महिनाको पूरै आम्दानी जोड्दा पनि पुगेन ।” 

हाल रुसमा युक्रेनको समर्थन गर्ने जोकोहीलाई पनि २० वर्षसम्मको जेल सजायँ तोकिएको छ । आफू पनि यसको टार्गेट हुने डरले देशछाड्न लागेको उनले बताइन् । 

अर्कोतर्फ धेरै ठाउँमा रुसी या बेलारुसका मानिसलाई सेवा दिन अस्वीकार गर्ने गरिएको पनि पाइएको छ । 

रुसमा एप्पल–पेको प्रयोग गर्न नपाएकाले उनीहरू विदेश आएको र हालको संकटजन्य अवस्था बिदा मनाउने कुनै समय नभएको भन्दैआफ्ना दुष्ट सरकारको विरोध गर भनेर होटल मालिकले फर्काउने गरेको रिपोर्ट गरिएको छ । 

बेलारुसको राजधानीमा आइटी विशेषज्ञका रूपमा काम गर्दै आएका क्रिस्टिना र निकिताले आफूहरूलाई अन्टरप्रेन्योरका रूपमा दर्तागराएका छन् जसले उनीहरूलाई जर्जियन बैंक अकाउन्ट खोल्न अनुमति दिलाउनेछ ।

उनीहरू भन्छन्, “हामी हाम्रो सरकारको विपक्षमा छौँ त्यसैकारण देश छाडेर भागेका हौँ । हामी केबल सुरक्षित रहन चाहन्छौँ । तर, यहाँआएर पनि राष्ट्रियताका कारण हामीसँग दुव्र्यवहार भइराखेको छ । त्यसैले हामीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था छ । मानिसले मकहाँबाट आएको भनेर सोध्दा मलाई एकदमै असहज महसुस हुन्छ । ”

युद्ध सुरु भएदेखि जर्जियालाई युक्रेनको सबैभन्दा ठूलो समर्थक मानिएको छ । हालैको एक सर्वेक्षणमा त्यहाँका ८७ प्रतिशत जनतालेयुक्रेन युद्धलाई आफ्नै युद्ध समान मानिरहेको पाइएको छ । 

रुसले जर्जियामाथि आक्रमण गरेको १४ वर्ष पनि पूरा नहुँदै धेरैले यो विषयमा एकदम असहज महसुस गर्ने गरेको उनीहरू बताउँछन् ।

यसमा पुटिनलाई विदेशिने रुसी नागरिकलाई सुरक्षाको आवश्यकता पर्ने भन्दै आफ्नो फौज पठाउने बाहना मिल्न सक्नेबारे धेरैलाईचिन्ता छ । 

२००८ मा जर्जियाको असेटिया क्षेत्रमा पुटिनले यसैगरी कब्जाको प्रयास गरेका थिए । अहिलेसम्म पनि जर्जियन भूभागको २० प्रतिशतरुसी सेनाकै अधिनमा छ । 

तर, प्राविधिक अन्टरप्रेन्योर लेभ कालासिनिकोभका अनुसार यसले अन्ततः जर्जियालाई धेरै फाइदा हुनेछ ।  किनकि यो आधुनिक रुसीइतिहासकै सबैभन्दा ठूलो ‘ब्रेनड्रेन’ हुनेछ । 

उनले टेलिग्राम मेसेजिङ एपमा आफूजस्तै प्राविधिक विज्ञको एक समूह बनाएका छन् । 

हाल सो समूहमा एक सय जना छन् । तर, अहिले चार हजार बढी सदस्य पुगिसकेको उनी बताउँछन् । यसमा उनीहरूले बस्ने ठाउँ कहाँखोज्ने, बैंक अकाउन्ट कसरी खोल्ने अनि सार्वजानिकस्थलमा रुसी भाषा बोल्नु कत्तिको सुरक्षित हुनेछ भन्नेबारे छलफल गर्ने गरेको उनलेबताए । 

जस्तैः यभेजेनी लायमिनले जर्जियन भाषा पढ्न सुरु गरिसकेका छन् । उनी भन्छन्, “म पुटिनको विरुद्धमा छु । म युद्धको विरुद्धमा छु ।मैले अझैसम्म पनि रुसी बैंक अकाउन्टबाट आफ्नो पैसा निकाल्न सकेको छैन । तर, यो युक्रेनीले भोग्नुपरेको संकटका अगाडि केही पनिहोइन ।” बीबीसीबाट । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...