शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

चिनले भन्यो रुसले कुनै पनि सहयोग मागेको छैन

बेइजिङ । रुसले आफ्नो देशसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी झुटो भएको चीनले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रुसले युक्रेनमा गरेको विशेष सैन्य कारबाहीका लागि चीनसँग सैन्य सहयोगखोजेको आरोप मिथ्या सूचना भएको बताए ।

“यस विषयमा अमेरिकाले फैलाएको आरोपहरू मिथ्या सूचना हुन्,” सोमबारको प्रेस ब्रिफिङमा झाओले भने ।

पछिल्लो समय वासिङ्टनले युक्रेनको घटनाक्रमलाई लिएर चीनको बारेमा सुनियोजित रूपमा गलत सूचना प्रवाह गरिरहेको उनले बताए। युक्रेनमा चीनको अडान सुसंगत र स्पष्ट रहेको उनको भनाइ छ ।

बेइजिङले शान्ति स्थापना र वार्तालाई अगाडि बढाउने प्रक्रियामा सँधै रचनात्मक भूमिका खेलेको प्रवक्ता झाओले बताए ।

“अहिलको अवस्थामा सबै पक्षहरूले संयमता अपनाउनुपर्छ, स्थितिलाई निरुत्साहित गर्न योगदान पुर्‍याउनुपर्छ र आगोमा घ्यू थप्नु हुँदैन, बरु कूटनीतिक समाधानलाई बढवा दिनुपर्छ र तनाव बढाउनु हुँदैन,” उनले भने ।

यसअघि अमेरिकाले रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको दाबी गरेको थियो । पश्चिमा प्रतिबन्ध छल्न रुसलाई सहयोग गरेचीनले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...