शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

नेटोले रुस-यूक्रेन युद्धमा सैनिक हस्तक्षेप नगर्ने

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा एकजना युक्रेनी पत्रकारले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जनरल जेन्सस्टोल्टेनबर्गलाई हाल रुसले युक्रेनमाथि गरिरहेको आक्रमणमा नेटोले कहिले हस्तक्षेप गर्ने हो भनी प्रश्न गरेका छन् ।

सेना प्रमुख स्टोल्टेनबर्गले यदि रुसले नेटोका कुनै पनि सदस्य राष्ट्र माथि हमला गरेको खण्डमा मात्र नेटोले प्रत्यक्ष रूपमा सैनिक हस्तक्षेपगर्ने तथा युक्रेन नेटोको सदस्य नरहेको जवाफ दिएका छन् । नेटोमा कूल ३० वटा सदस्य राष्ट्र रहेका छन् । 

एनले भनेका छन्, “एक गठबन्धनको हिसाबले हाम्रो जिम्मेवारी भनेको सम्पूर्ण नेटो सदस्यको रक्षा गर्नु हो । हाम्रो गठबन्धनको पूर्वीभागमा आफने उपस्थिति बढाएर हामीले आफ्नो जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट सन्देश पनि दिइरहेका छौँ ।“

उनले पछिल्ला वर्षहरूमा युक्रेनको सेनालाई प्रतिरक्षा सैनिक गठबन्धनका सदस्यहरूले पुर्‍याउँदै आएको सहयोग पनि औँल्याएका छन् ।साथै उनले सोही सहयोगका कारण अहिले किभको सेना सन् २०१४ को भन्दा राम्रो तालिम प्राप्त, ठूलो, बलियो र सही तरिकालेसुस्सजित रहेको पनि बताएका छन् ।

ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्टोल्टेनबर्गले अगाडि भनेका छन्, “रुसबाट युक्रेनमा भएको यस आक्रमणले युरोपमा ‘नयाँसुरक्षा वास्तविकता‘ सिर्जना गरेको छ । नेटोको सेना स्थिति यस नयाँ वास्तविकताका लागि तयार रहनुपर्दछ । भोलि नेटोका नेताहरूबीचदिर्घकालसम्म सुरक्षालाई सुदृढ बनाउने ठोस उपायहरूबारे छलफल सुरु हुने छ ।“

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क।आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...