शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

डेभिडक्यामरुन युक्रेनका शरणार्थीलाई राहत वितरण गर्न पोल्याण्ड प्रस्थान

लन्डन — ‘हाइ प्रोफाइल’ राजनीतिक पृष्ठभूमि भए पनि सुरक्षा गार्डबिना नै सामान बोक्ने लरी कुदाउँदै बेलायती पूर्वप्रधानमन्त्री डेभिडक्यामरुन युक्रेनका शरणार्थीलाई राहत वितरण गर्न पोल्याण्ड प्रस्थान गरेका छन् ।

यतिसम्म कि लरी कुदाउन उनको साथमा सहयोगी समेत छैनन् । डेभिड क्यामरुनले शुक्रबार ट्वीटरमा लेखे, ‘म अहिले चिप्पी लार्डरसंस्थाका दुई सहकर्मीसहित रेडक्रसका लागि राहत सामग्री लिएर पोल्याण्ड प्रस्थान गरिरहेको छु । यो धेरै लामो ड्राइभ हुनेछ । तर मबाटोमा थप अपडेट गर्नेछु ।’

रुस–युक्रेन द्वन्द्वबाट विस्थापित युक्रेनी शरणार्थीलाई राहत सामग्री बोकेर उनी पोल्याण्ड गएका हुन् । पूर्वप्रधानमन्त्री क्यामरुनलेअक्सफोर्डसायर फुड प्रोजेक्ट च्यारिटी संस्था चिप्पी लार्डरले संकलन गरेका सामग्री पोल्याण्डमा आपूर्ति गरिरहेका छन्।

‘लरी न्यापी, सेनिटरी, न्यानो कपडादेखि प्राथमिक उपचार सामग्रीले भरिएको छ’, क्यामरुनलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।चिपिङ नोर्टनका मानिसलाई सस्तो मूल्यमा खाना उपलब्ध गराउने चिप्पी लार्डरसँग क्यामरुन विगत दुई वर्षदेखि आवद्ध छन् ।

ट्वीटरमा उनले भिडियो राख्दै लेखेका छन्, ‘पोल्याण्ड पुगेका युक्रेनी शरणार्थीलाई सहयोग गर्न हामीले दुई साताअघि अपिल गरेपछिबेलायती नागरिकबाट अप्रत्यासित सहयोग आएको छ । आफ्नो छिमेकीलाई आपत परेका बेला सहयोग गर्ने वेष्ट अक्सफोर्डसायरसहितबेलायती जनताको एउटा परम्परा नै छ ।’

रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतभरका मानिसले अहिले देशबाट विस्थापित युक्रेनीहरुलाई चन्दा दिइरहेका छन् । बेलायतईयूबाट बहिर्गमन (ब्रेक्जिट) हुनुमा क्यामरुन जिम्मेवार छन् । ब्रेक्जिटकै कारण बेलायतको आधुनिक इतिहासमा पहिला कहिल्यैनदेखिएको राजनीतिक कम्पन सिर्जना भयो ।

बेलायतले ईयू छाडे राष्ट्रिय प्रभुत्व जोगिने, अध्यागमन नियन्त्रण हुने, बेलायतले अन्य मुलुकहरुसँग व्यापार सम्झौता गर्न सक्ने र ईयूलाईसदस्यता शुल्क तिर्नु नपर्ने जस्ता ईयू विरोधी भावना जागृत भइरहेको थियो ।

लेबर पार्टीले १३ वर्ष सरकारको नेतृत्व लिएपछि सन् २०१० मा कन्जरभेटिभ सरकारमा आउन सफल भयो । आफ्नो पार्टीभित्रकोआन्तरिक विवाद मिलाउन र युरोप विरोधी यूकिप पार्टीको लोकप्रियतालाई ध्यान दिँदै तत्कालीन प्रधानमन्त्री क्यामरुनले सन् २०१५ कोआमनिर्वाचन घोषणापत्रमा पार्टीले जिते ईयू जनमत संग्रह गराउने प्रतिज्ञा गरेका थिए । उनी प्रधानमन्त्री भएपछि आफ्नो बाचा पूरा गर्नजनमत संग्रह घोषणा गरेका थिए ।

तर, क्यामरुन पक्षधरले पराजय भोगेपछि उनले २४ जुन २०१६ मा नैतिकताको आधारमा राजीनामा दिएपछि टेरेजा मे प्रधानमन्त्री बनेकीथिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...