मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

डेभिडक्यामरुन युक्रेनका शरणार्थीलाई राहत वितरण गर्न पोल्याण्ड प्रस्थान

लन्डन — ‘हाइ प्रोफाइलराजनीतिक पृष्ठभूमि भए पनि सुरक्षा गार्डबिना नै सामान बोक्ने लरी कुदाउँदै बेलायती पूर्वप्रधानमन्त्री डेभिडक्यामरुन युक्रेनका शरणार्थीलाई राहत वितरण गर्न पोल्याण्ड प्रस्थान गरेका छन्

यतिसम्म कि लरी कुदाउन उनको साथमा सहयोगी समेत छैनन्  डेभिड क्यामरुनले शुक्रबार ट्वीटरमा लेखे, ‘ अहिले चिप्पी लार्डरसंस्थाका दुई सहकर्मीसहित रेडक्रसका लागि राहत सामग्री लिएर पोल्याण्ड प्रस्थान गरिरहेको छु  यो धेरै लामो ड्राइभ हुनेछ  तर बाटोमा थप अपडेट गर्नेछु 

रुसयुक्रेन द्वन्द्वबाट विस्थापित युक्रेनी शरणार्थीलाई राहत सामग्री बोकेर उनी पोल्याण्ड गएका हुन्  पूर्वप्रधानमन्त्री क्यामरुनलेअक्सफोर्डसायर फुड प्रोजेक्ट च्यारिटी संस्था चिप्पी लार्डरले संकलन गरेका सामग्री पोल्याण्डमा आपूर्ति गरिरहेका छन्।

लरी न्यापी, सेनिटरी, न्यानो कपडादेखि प्राथमिक उपचार सामग्रीले भरिएको ’, क्यामरुनलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको  चिपिङ नोर्टनका मानिसलाई सस्तो मूल्यमा खाना उपलब्ध गराउने चिप्पी लार्डरसँग क्यामरुन विगत दुई वर्षदेखि आवद्ध छन् 

ट्वीटरमा उनले भिडियो राख्दै लेखेका छन्, ‘पोल्याण्ड पुगेका युक्रेनी शरणार्थीलाई सहयोग गर्न हामीले दुई साताअघि अपिल गरेपछिबेलायती नागरिकबाट अप्रत्यासित सहयोग आएको   आफ्नो छिमेकीलाई आपत परेका बेला सहयोग गर्ने वेष्ट अक्सफोर्डसायरसहितबेलायती जनताको एउटा परम्परा नै  

रुसले युक्रेनमा आक्रमण गरेपछि बेलायतभरका मानिसले अहिले देशबाट विस्थापित युक्रेनीहरुलाई चन्दा दिइरहेका छन्  बेलायतईयूबाट बहिर्गमन (ब्रेक्जिट) हुनुमा क्यामरुन जिम्मेवार छन्  ब्रेक्जिटकै कारण बेलायतको आधुनिक इतिहासमा पहिला कहिल्यैनदेखिएको राजनीतिक कम्पन सिर्जना भयो 

बेलायतले ईयू छाडे राष्ट्रिय प्रभुत्व जोगिने, अध्यागमन नियन्त्रण हुने, बेलायतले अन्य मुलुकहरुसँग व्यापार सम्झौता गर्न सक्ने ईयूलाईसदस्यता शुल्क तिर्नु नपर्ने जस्ता ईयू विरोधी भावना जागृत भइरहेको थियो 

लेबर पार्टीले १३ वर्ष सरकारको नेतृत्व लिएपछि सन् २०१० मा कन्जरभेटिभ सरकारमा आउन सफल भयो  आफ्नो पार्टीभित्रकोआन्तरिक विवाद मिलाउन युरोप विरोधी यूकिप पार्टीको लोकप्रियतालाई ध्यान दिँदै तत्कालीन प्रधानमन्त्री क्यामरुनले सन् २०१५ कोआमनिर्वाचन घोषणापत्रमा पार्टीले जिते ईयू जनमत संग्रह गराउने प्रतिज्ञा गरेका थिए  उनी प्रधानमन्त्री भएपछि आफ्नो बाचा पूरा गर्नजनमत संग्रह घोषणा गरेका थिए 

तर, क्यामरुन पक्षधरले पराजय भोगेपछि उनले २४ जुन २०१६ मा नैतिकताको आधारमा राजीनामा दिएपछि टेरेजा मे प्रधानमन्त्री बनेकीथिइन् 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...