आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

नेता वा कार्यकर्ताले पार्टीको विचार र उम्मेदवारको पक्षमा प्रचार गर्न नपाउने, नेताका पोष्ट सेयर गर्न पनि नपाउने

काठमाडौं । राजनीतिक पार्टीका शुभचिन्तक, नेता तथा कार्यकर्ताले अब सामाजिक सञ्जालमा आफ्नो पार्टी वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै यस्तो प्रतिबन्ध लगाएको हो । निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगले व्यापक विवाद सिर्जना हुने गरेको भन्दै आयोगले यस्तो प्रतिबन्धात्मक व्यवस्था गरेको बताइएको छ ।

शुक्रबार मध्यरातदेखि लागु हुने गरी जारी गरेको आचारसंहितामा अब राजनैतिक दलले पार्टीको आधिकारिक पेज वा एकाउन्टमा मात्र प्रचारप्रसार सामाग्री पोष्ट गर्न पाउनेछन् । त्यसैगरी निर्वाचनमा उम्मेदवार बनेकाहरुले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा मात्र प्रचारप्रसार गर्न पाउने भएका छन् । त्यसवाहेक अन्य कोही कसैले पनि पार्टीको विचार, आफ्ना उम्मेदवारको पक्षमा वा विपक्षी उम्मेदवारका विरुद्धमा कुनै पनि पोष्ट गर्न नपाउने आयोगले व्यवस्था गरेको छ ।

शुक्रबार आयोगले पत्रकार सम्मेलन नै गरी यस्तो जानकारी गराएको हो । आचारसंहिता लागु भएकोबारे जानकारी दिन आयोजित उक्त पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नै उपस्थित रहेका थिए । उनले निर्वाचनलाई प्रतिकूल असर पार्ने विचार राख्न र सामग्री प्रचारप्रसार गर्न रोक लगाइएको जानकारी दिए ।

थपलियाले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि यस्तो व्यवस्था गरिएको तर्क गरे । उनले सदुपयोग गर्दा आयोगले प्रोत्साहन नै गर्ने प्रतिक्रिया पनि दिए ।

थपलियाले भने, ‘सामाजिक सञ्जालको प्रयोगबाट निर्वाचन प्रचार प्रसारमा आयोगको कुनै आपत्ति छैन । आयोगले घोषणापत्र, नीति र अन्य धारणाहरु सामाजिक सञ्जालबाट प्रचारप्रसार हुने कुरामा प्रोत्साहन नै गर्छ । निर्वाचनलाई प्रतिकूल असर पर्ने सामग्री र गतिविधि नहोस् भन्ने हाम्रो चिन्ता हो ।’

अब कुनै दल वा उम्मेदवारले आफ्नो आधिकारिक पेजमा प्रचार गर्न पाउनेछन् । तर समर्थन तथा शुभेच्छुकले प्रचार वा शेयर गर्न पाउने छैनन् । विज्ञापनका रूपमा पनि सामाजिक सञ्जालमा प्रचार गर्न पाइने छैन । चुनाव प्रचारका लागि अरुले उत्पादन गरेका सामग्री शेयर गर्न समेत नहुने आचारसंहितामा उल्लेख छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना राखी प्रचार प्रसार गर्न सकिने नै हुँदा सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढंगले परिचालन गर्न आयोग आग्रह गर्दछ ।’

विचार तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने अधिवक्ता टंक अर्यालका अनुसार आयोगले जारी गरेका आचारसंहिताका कतिपय प्रावधान नियन्त्रणमुखी छन् । निर्वाचन हुनुभन्दा ३५ दिन अघिदेखि सामाजिक सञ्जालमा छलफल र बहस गर्न निषेध गरेर आयोगले बन्देजात्मक सोच अघि बढाएको उनको आरोप छ ।

‘हामीले पाँच वर्षको अवधिमा दल र जनप्रतिनिधिले गरेका कामकारबाहीको समीक्षा, बहस र अन्तरक्रिया गर्न पाउनुपर्छ । गुणदोषका आधारमा खुला छलफल हुनुपर्छ’, उनले अनलाइनखबरसँग भने, ‘आयोगले स्वच्छ छलफल र अन्तरक्रियालाई बढावा दिनुभन्दा पनि निरुत्साहित गर्न ज्यादा जोड दिएको देखिन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने सामाजिक सञ्जालको प्रयोगमा आयोगले प्रवर्द्धन नै गरेको दाबी गरे ।

उनले दलहरुको नीति, कार्यक्रम, उमेद्वारको विचार तथा अन्य विषयहरु सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न कुनै रोक नलगाइएको दावी पनि गरे ।

‘सबैभन्दा धेरै सामाजिक सञ्जालकै उपयोग गरौं । दुरुपयोग पो नगरौं भनेको हो’, उनले भने, ‘त्यसमा ठूलो लगानी गरेर दुरुपयोग नगरौं भनेको हो । सही ठाउँमा प्रयोग गरौं भन्ने हाम्रो आग्रह छ । निर्वाचन आयोग केही कुरामा पनि कडिकडाउ छैन ।’

आचार संहिताका अरु व्यवस्था यस्ता छन् ?

निर्वाचन खर्चिलो र भड्किलो होस् भनेर आचारसंहितामा केही नयाँ प्रावधान राखिएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

दलहरुले निर्वाचन चिन्ह अंकित ज्याकेट, टिसर्ट, टोपी, लकेट लगायतका सामग्री उत्पादन गर्न, बाँड्न पाउने छैनन् । भौतिक रुपमा घरदैलो कार्यक्रममार्फत निर्वाचनको प्रचारप्रसार गर्दा उपहार दिनमिल्ने खालका सामग्री वितरणमा रोक लगाएको छ ।

निर्वाचन आयोगले निर्वाचन र मतगणनामा खटिने कर्मचारी, दल वा उमेद्वारका प्रतिनिधि अनि मतगणना प्रतिनिधीलाई निर्वाचनमभा खटिँदा प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसमा निर्वाचनका दौरान कुनै विवाद गर्ने छैन भन्ने व्यहोरामा हस्ताक्षर गर्नुपर्नेछ ।

एमालेले यो व्यवस्थाले फरक मत राख्न पाउने संविधानप्रदत्त स्वतन्त्रताको हक संकुचित हुने भन्दै आपत्ति जनाएको थियो । निर्वाचन आयोगले भने निर्वाचनको निष्पक्षता र स्वच्छताका लागि यो व्यवस्था राखिएको दावी गरेको छ । आयोगको शुक्रबारको विज्ञप्तिमा भनिएको छ, ‘यो व्यवस्थाले निर्वाचनको परिणामको विषयमा कुनै अदालतमा प्रश्न उठाउन पाउने नागरिक अधिकारलाई कुण्ठित गर्ने नभई निर्वाचन व्यवस्थापनमा स्वच्छता, निष्पक्षता र प्रभावकारिता अभिवृद्धि गर्ने कुरामा आयोग विश्वस्त रहेको छ ।’

आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा दलहरुले गर्नसक्ने क्रियाकलाप र मापदण्ड आचारसंहितामा राखेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत रोक लगाएको स्थानीय तहका जनप्रचिनिधिले उम्मेदवारी दिए राजीनामा दिनुपर्ने प्रावधानबारे पनि बोलेका छन् । राजीनामाको साटो ‘म पारिश्रमिक लिने र लाभको बसेको छैन’ भनेर स्वघोषणा गरे हुने उनले बताए ।

आयोगले यसपालि केन्द्रीयदेखि स्थानीय तहसम्म आचारसंहिता पालनाको अनुगमनका लागि संयन्त्र बनाएको छ । तर जिल्ला र स्थानीय तहमा निर्वाचन अधिकृतको नियुक्ति भइनसकेकाले हाललाई त्यो अधिकार प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई हस्तान्तरण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबारदेखि नै आचारसंहिता पालना भए नभएको अनुगमन हुनेछ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आचारसंहिता उल्लंघन गर्नु भनेको निर्वाचन कसुर हो । त्यस्तो क्रियाकलापमा संलग्नमाथि कानुनबमोजिम सजायसमेत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा

काठमाडौं : नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा कायमै रहेको छ। भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ३३अंक पाएर ११७ औं स्थानमा रहेको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जर्मनीमासार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ११७ औं स्थानमा रहेको छ। नेपालले यो वर्ष १०० मा ३३अंक पाएको छ। गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो। १८० वटा मुलुकहरुको बरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ। अघिल्लो र यस वर्ष नेपालको अंक स्थिर रहेको छ। रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककोरुपमा सूचीकृत भएको छ। सिपीआईले विश्वभरि नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमि र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेकोजनाएको छ। कोभिड–१९ सम्बन्धी क्रियाकलापले पनि यस कुरालाई प्रशय दिएको छ। संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल नगरेको देखिएको छ। सिपिआईले नागरिक हकअधिकार कमजोर भएका देशमाभ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने जनाएको छ। यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ। विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारासम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएको हो। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्षसार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ। सीपीआई २०२१ मा दुईतिहाई मुलुकले ५०भन्दा कम अंक (स्कोर) प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकका रुपमा रहेका छन्। यस वर्षको औसत स्कोर ४३ रहेको छ। पछिल्लोदशकमा १५४ देशको स्कोर बढ्न नसकेको वा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति नभएको देखिएको छ। विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अकं (११७ औंस्थान) दिइएको छ। गतवर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको थियो। यसअनुसार नेपाल भ्रष्टाचार व्याप्तमुलुकहरूको श्रेणीमै रहेको छ। अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमालिन सकिन्छ।