सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

रूसी धनाढ्याको याटहरू जताततै

रुसी धनाढ्यहरुले लामो समयसम्म आफूसँग भएको पैसा लुकाउन/जोगाउन विभिन्न उपायहरु अपनाए । अधिकांशले भने आफ्नो पैसा विशाल याटमा लगानी गरे ।
तर रुसले युक्रेनमाथि गरेको हमलाको प्रतिकारमा विश्वभरबाट रुस सरकार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पुटिनका निकटस्थ रहेका व्यक्ति र रुसी व्यापारी एवम् अति धनाढ्यहरुको सम्पत्ति जफ्त गरिरहेका छन् ।

पछिल्ला केही हप्तामा बेलायतदेखि फ्रान्स, स्पेन, जर्मनी र इटलीसमेत कयौं देशले रुसी व्यापारीका सुपरयाट जफत गरिरहेका छन् । करोडौं डलर मूल्यका याट जफत भएपछि रुसी धनाढयहरुको टाउको त पक्कै पनि दुखेको छ । तर फ्रान्समा भने यसले अधिकारीहरुको समेत टाउको दुखाइरहेको छ ।

फ्रान्सले रुसी अर्बपति तथा सरकारी तेल कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिनको १२ करोड डलर मूल्य पर्ने एउटा सुपरयाट खोसेको थियो । अमेरिका र यूरोपेली संघ (ईयू)ले प्रतिबन्ध लगाएका व्यक्तिकोे सूचिमा पुटिनका निकट रहेका सेचिन पनि छन् ।

याट जोगाउन सेचिनले फ्रान्सको बन्दरगाहमा रहेको याटलाई सकेसम्म छिटै टर्की लैजान भने । तर फ्रान्सले मार्च २ मा अमोर भेरो नामक उक्त याट बन्दरगाह छाडेर जानै लाग्दा जफत गरिदियो । जफत भएपछि याटको हेरचाह फ्रान्सले गरेपनि सोको लागतको भपाई भने कम्पनीले गर्छ । अहिले अधिकारीहरुलाई २८२ फिट अग्लो सो याट सञ्चालन गर्न लागिरहेको खर्चको बिल कसलाई पठाउने भन्ने पिर परिरहेको छ । याट जफत भएपछि यसको अवस्थाबारे अधिकारीहरुले तेस्रो पक्षलाई जानकारी गराएका छैनन् । त्यसैले यो सञ्चालनको जिम्मा कसको भन्ने थाहा हुन सकेको छैन ।

अधिकारीहरुका अनुसार जफत भएको याट सेचिनको एउटा कम्पनीको हो । तर सेचिनले भने यसको खन्डन गरेका छन् । अधिकारीहरुले याट हेरचाहबापत उठेको खर्चको बिल निरन्तर बनाइरहेका छन् । तर बिलमा नाम कसको लेख्ने भन्ने चाँहि उनीहरुलाई थाहा छैन । बिल थुप्रिदै जाँदा सोको भुक्तानी कसरी लिने भन्ने पिर चुलिएको ला सियोट्याट शिपयार्डकी सञ्चार अधिकारी एलिस बोसेले बताएकी छिन् । याटको अवस्थाबारे फ्रान्सको भन्सार विभागले शिपयार्डलाई सूचित गरेको छैन ।
ईयूले शुरुमा रोक्का गर्ने अनि मात्रै जफ्त गर्ने सुर कसेको भएपनि रुसी धनाढ्यहरुको वित्तीय सम्पत्ति छोइएको छैन । यूरोपेली देशहरुले भौतिक सम्पत्ति रोक्का गर्ने वा जफ्त गर्ने काम गरिरहेका छन् ।

अहिलेसम्म कम्तिमा पनि ११ ओटा सुपरयाट जफत भइसकेको छ । सुपरयाट जफत गर्दा हुनसक्ने कानूनी झमेलाबारे मेडिटेरियन सरकारहरुलाई थोरै मात्रै अनुभव भएकोले पनि समस्या उत्पन्न भएको मरिन रिस्क म्यानेजमेन्टकी मालिक जोन दाल्बे बताउँछन् ।

याटलाई इन्धन आपूर्ति गर्दै आएका वा क्रु व्यवस्थापन कम्पनी आदिले भने याट बेचेर उनीहरुले पाउनु पर्ने पैसा असुलउपर गर्ने माग गर्न सक्छन् । तर यसबारे फ्रान्सको भन्सार विभागले केही पनि प्रतिक्रिया दिएको छैन ।

अहिले विश्वको हरेक १० मध्ये एउटा सुपरयाट रुसीहरुको स्वामित्वमा छ । यीमध्ये केही प्रतिबन्ध लगाइएका रुसीहरुको स्वामित्वमा छ । आमोर भेरो बन्दरगाहबाट भाग्ने प्रयास गरेपछि यसलाई रोक्का गर्नुका सट्टा जफ्त गरिएको फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले माखले बताएका छन् । विशाल याटहरु सञ्चालनको लागत क्रु मेम्बरको तलब, मर्मत सम्भार, इन्धन, खाद्यान्न, बीमा आदि इत्यादि गरे यसको मूल्यको झन्डै १० प्रतिशत आसपास हुन आउँछ ।

जफत भएको एउटै याटको खर्च महिनामै लाखौं उठ्छ । प्रतिबन्धको सूचिमा नामै नरहेको व्यक्तिको स्वामित्वमा रहेको याट जफत गरेर छाड्नु पर्यो भने याटमा हुने क्षति वा अन्य खराबीको लागत पनि राज्यकै टाउकोमा आउँछ । याट मालिकले याट चल्न नदिएर आम्दानीमा भएको क्षति वा प्रयोग गर्न लगाएको प्रतिबन्धका कारण भएको घाटा पूर्ति गर्न मुद्दा नै हाल्ने सम्भावना पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

मुर्रा नेपाल आउन अझै दुई महिना लाग्ने

भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...