सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

रूसी धनाढ्याको याटहरू जताततै

रुसी धनाढ्यहरुले लामो समयसम्म आफूसँग भएको पैसा लुकाउन/जोगाउन विभिन्न उपायहरु अपनाए । अधिकांशले भने आफ्नो पैसा विशाल याटमा लगानी गरे ।
तर रुसले युक्रेनमाथि गरेको हमलाको प्रतिकारमा विश्वभरबाट रुस सरकार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, पुटिनका निकटस्थ रहेका व्यक्ति र रुसी व्यापारी एवम् अति धनाढ्यहरुको सम्पत्ति जफ्त गरिरहेका छन् ।

पछिल्ला केही हप्तामा बेलायतदेखि फ्रान्स, स्पेन, जर्मनी र इटलीसमेत कयौं देशले रुसी व्यापारीका सुपरयाट जफत गरिरहेका छन् । करोडौं डलर मूल्यका याट जफत भएपछि रुसी धनाढयहरुको टाउको त पक्कै पनि दुखेको छ । तर फ्रान्समा भने यसले अधिकारीहरुको समेत टाउको दुखाइरहेको छ ।

फ्रान्सले रुसी अर्बपति तथा सरकारी तेल कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिनको १२ करोड डलर मूल्य पर्ने एउटा सुपरयाट खोसेको थियो । अमेरिका र यूरोपेली संघ (ईयू)ले प्रतिबन्ध लगाएका व्यक्तिकोे सूचिमा पुटिनका निकट रहेका सेचिन पनि छन् ।

याट जोगाउन सेचिनले फ्रान्सको बन्दरगाहमा रहेको याटलाई सकेसम्म छिटै टर्की लैजान भने । तर फ्रान्सले मार्च २ मा अमोर भेरो नामक उक्त याट बन्दरगाह छाडेर जानै लाग्दा जफत गरिदियो । जफत भएपछि याटको हेरचाह फ्रान्सले गरेपनि सोको लागतको भपाई भने कम्पनीले गर्छ । अहिले अधिकारीहरुलाई २८२ फिट अग्लो सो याट सञ्चालन गर्न लागिरहेको खर्चको बिल कसलाई पठाउने भन्ने पिर परिरहेको छ । याट जफत भएपछि यसको अवस्थाबारे अधिकारीहरुले तेस्रो पक्षलाई जानकारी गराएका छैनन् । त्यसैले यो सञ्चालनको जिम्मा कसको भन्ने थाहा हुन सकेको छैन ।

अधिकारीहरुका अनुसार जफत भएको याट सेचिनको एउटा कम्पनीको हो । तर सेचिनले भने यसको खन्डन गरेका छन् । अधिकारीहरुले याट हेरचाहबापत उठेको खर्चको बिल निरन्तर बनाइरहेका छन् । तर बिलमा नाम कसको लेख्ने भन्ने चाँहि उनीहरुलाई थाहा छैन । बिल थुप्रिदै जाँदा सोको भुक्तानी कसरी लिने भन्ने पिर चुलिएको ला सियोट्याट शिपयार्डकी सञ्चार अधिकारी एलिस बोसेले बताएकी छिन् । याटको अवस्थाबारे फ्रान्सको भन्सार विभागले शिपयार्डलाई सूचित गरेको छैन ।
ईयूले शुरुमा रोक्का गर्ने अनि मात्रै जफ्त गर्ने सुर कसेको भएपनि रुसी धनाढ्यहरुको वित्तीय सम्पत्ति छोइएको छैन । यूरोपेली देशहरुले भौतिक सम्पत्ति रोक्का गर्ने वा जफ्त गर्ने काम गरिरहेका छन् ।

अहिलेसम्म कम्तिमा पनि ११ ओटा सुपरयाट जफत भइसकेको छ । सुपरयाट जफत गर्दा हुनसक्ने कानूनी झमेलाबारे मेडिटेरियन सरकारहरुलाई थोरै मात्रै अनुभव भएकोले पनि समस्या उत्पन्न भएको मरिन रिस्क म्यानेजमेन्टकी मालिक जोन दाल्बे बताउँछन् ।

याटलाई इन्धन आपूर्ति गर्दै आएका वा क्रु व्यवस्थापन कम्पनी आदिले भने याट बेचेर उनीहरुले पाउनु पर्ने पैसा असुलउपर गर्ने माग गर्न सक्छन् । तर यसबारे फ्रान्सको भन्सार विभागले केही पनि प्रतिक्रिया दिएको छैन ।

अहिले विश्वको हरेक १० मध्ये एउटा सुपरयाट रुसीहरुको स्वामित्वमा छ । यीमध्ये केही प्रतिबन्ध लगाइएका रुसीहरुको स्वामित्वमा छ । आमोर भेरो बन्दरगाहबाट भाग्ने प्रयास गरेपछि यसलाई रोक्का गर्नुका सट्टा जफ्त गरिएको फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले माखले बताएका छन् । विशाल याटहरु सञ्चालनको लागत क्रु मेम्बरको तलब, मर्मत सम्भार, इन्धन, खाद्यान्न, बीमा आदि इत्यादि गरे यसको मूल्यको झन्डै १० प्रतिशत आसपास हुन आउँछ ।

जफत भएको एउटै याटको खर्च महिनामै लाखौं उठ्छ । प्रतिबन्धको सूचिमा नामै नरहेको व्यक्तिको स्वामित्वमा रहेको याट जफत गरेर छाड्नु पर्यो भने याटमा हुने क्षति वा अन्य खराबीको लागत पनि राज्यकै टाउकोमा आउँछ । याट मालिकले याट चल्न नदिएर आम्दानीमा भएको क्षति वा प्रयोग गर्न लगाएको प्रतिबन्धका कारण भएको घाटा पूर्ति गर्न मुद्दा नै हाल्ने सम्भावना पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोट

२ माघ, काठमाडौं । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विष्फोटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र...