बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

समुद्रमा डुब्यो रुसी युद्धपोत

बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ।

रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो।

युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन। उसले यो युद्धपोतमा आगलागी भएको र विष्फोट भएको बताएको छ। उसले विष्फोटपछि युद्धपोतका चालकदलका सदस्यलाई उद्धार गरिएको बताएको छ।

ध्वस्त भए पनि उक्त युद्धपोत समुद्रमा तैरिरहेको रुसको दाबी थियो। तर, बिहीबार अबेरबाट भने उक्त युद्धपोत हराएको रुसी रक्षा मन्त्रालयले बताएको छ। ५१० जना मानिसहरु रहन सक्ने यो युद्धपोत १८६.४ मिटर लामो थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...