मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमसँगै राज सागरको टिमले नेपाली चलचित्रका गीतमा प्रस्तुती दिएका थिए । महोत्सवमा गुरुङ चलचित्र ‘फुङ’बाट चलचित्रको प्रदर्शनी सुरु गरिएको थियो । त्यस्तै, मंगलबार स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धि अन्तरक्र्रिया समेत गरिएको छ ।

बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका अन्य सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी र फिचर फिल्मसमेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका छन् ।

जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड समेत वितरण गर्दै महोत्सव सकिनेछ । नेपाल चलचित्र विकास वोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको छ । महोत्सवमा काठमाडौंबाट गजित विष्ट, पनाह अधिकारी, छिरिङ भुटीया लगायतका फिल्मकर्मीहरु लाप्राक पुगेका छन् भने स्थानीयहरुको उत्साहजनक उपस्थिति छ । स्थानीयहरुले गाउँमा यसप्रकारको कार्यक्रम हुँदा खुशी लागेको बताएका छन् ।

नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने लगायतका उद्धेश्यले महोत्सव गरिएको आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...