सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

पर्यटकको दैनिक आगमन दर १०० नाघ्यो

रसुवा । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ।

कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२/२३ जना पर्यटकको आगमन भइरहेको छ।

आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ। पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गरे।

सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए। पाहुनाको आगमन निरन्तर रूपमा बढ्न थालेपछि क्रमिक रुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन्। पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ।

यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन्। पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउँछन्। धार्मिक मान्यताअनुरुप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुन रूपमा सहज हुन्छ एकपटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउँछन्।

गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेस्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेस्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एसोसिएसनले जनाएको छ। पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटकबीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...