सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

देउवा सरकारले फेर्यो काठमाडौं उपत्यकास्थित प्रहरी कार्यालयहरूको नाम

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई अध्यादेशमार्फत केन्द्रित प्रहरीको मातहतमा ल्याएसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको नाम परिवर्तन गरिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरिएको छ । २०७८ वैशाख २१ मा सरकारले पहिलोपटक सो ऐन संशोधन गरेर उपत्यकाका प्रहरी युनिटहरुलाई केन्द्र मातहत ल्याउने निर्णय गरेको थियो । वर्तमान सरकारको सिफारिसमा चैत २२ मा राष्ट्रपतिले प्रमाणित गरेर सो अध्यादेशलाई निरन्तरता दिएकी छन् ।

काठमाडौं उपत्यकाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय नामकरण गरिएको छ । काठमाडौं उपत्यकाको अपराध अनुसन्धान गर्ने इकाई महानगरीय अपराध महाशाखाको नाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नामकरण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राखिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रहरी कार्यालयहरुलाई जिल्ला प्रहरी परिसर नामाकरण गरिएको छ । यसअघिका महानगरीय प्रहरी वृत्तहरुको नामको अगाडिको महानगरीय हटाइएको छ । नयाँ अध्यादेश अनुसार ‘प्रहरी वृत’ र त्यसपछि वृत अवस्थित ठाउँको नाम राखिएको छ । महानगरीय प्रहरी प्रभागहरुको नाम परिवर्तन गरेर ‘प्रहरी प्रभाग’ मात्रै राखिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई २०७८ मंसिर १५ मा दोस्रोपटक र २०७८ चैत २२ मा तेस्रोपटक संशोधन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...