आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

क्यानले घोषणा गर्‍यो नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको घोषणा गरेको छ। नेपालको आधिकारीक क्रिकेट लिग भनिएको लिगलाई राष्ट्रिय खेलकुद परिषद्‌ले मान्यता दिएको छ।

क्यानका अनुसार भारतीय कम्पनी सेभेन-३ स्पोर्ट्स रणनीतिक तथा व्यवसायिक साझेदारको रुपमा रहनेछ। यसअघि क्यानले गत वर्ष नै गर्ने भनिएको लिग विभिन्न कारणले हुन सकेको थिएन।

क्यानले सेभेन-३ स्पोर्ट्ससँग प्रारम्भिक सम्झौता रद्द गरी प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको थियो। तर दुई महिनाअघि धनगढीमा भएको क्यानको साधारणसभाले सेभेन-३ लाई नै दिने अर्को निर्णय गरेको थियो।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहजराजले टी-२० लिग आयोजना हुँदा नेपाली क्रिकेटका साथै देशको अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास लिएका छन्। क्यानले कुन मितिमा लिग गर्ने घोषणा गर्ने स्पष्ट पारेको छैन।

‍आफ्नै निर्णयबाट पछि हटेको थियो क्यान

गत असोजमा लिगको आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्तावबाट क्यान पछि हटेको थियो। डेढ वर्षअघि क्यानको बोर्डको तर्फबाट एनपिएल आयोजना अनुमति भारतीय कम्पनीलाई दिने प्रस्ताव गरिएको थियो।

भारतीय कम्पनीले पूर्व शर्त पालना नगरेको तथा लकडाउनले असर गरेको भन्दै क्यानले एनपिएलको प्रक्रिया अघि बढ्न ढिलाइ भइरहेको बताएपछि गत असोजमा क्यानको बैठकमा छलफल भएको थियो।

क्यानले लिगका लागि सरकारबाट अनुमति प्राप्त हुन नसकेको र भारतीय कम्पनीले पूर्व सम्झौता पालना नगरेको कारण देखाएको थियो।

‘भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा नेपाल क्रिकेट संघले टी-२० लिग आयोजना गर्ने गरी गरेको सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारले हालसम्म पनि अनुमति प्रदान नगरेको साथै सो कम्पनीले सरकारको अनुमति पूर्व गर्नु पर्ने सम्झौता अनुरूपका कार्यहरू सम्पन्न गर्न नसकेको हुँदा उक्त सम्झौता रद्द गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ,’ क्यानले बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै भनेको थियो।

‘ड्राफ्ट’मा भारतीय कम्पनी सेभेन–थ्री-स्पोर्ट्स लिमिटेड (एस-थ्री) र क्यानबीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको थियो। क्यान र एस-थ्रीबीच जुनियर क्रिकेट च्याम्पियनसिप आयोजना गर्ने विषयमा पनि एमओयू भएको थियो।

भारतीय कम्पनीलाई बिनाप्रतिस्पर्धा १० वर्षका लागि ४२ करोड रुपैयाँ लिएर एनपिएल टी-२० आयोजना गर्न दिने प्रस्तावको चर्को आलोचना भएको थियो। भारतीय कम्पनीले एनपिएल टी-२० आयोजनाको अनुमतिका लागि पहिलो वर्ष २ करोड रुपैयाँ दिने प्रस्तावमा उल्लेख थियो।

दोस्रो वर्ष २ करोड, तेस्रो वर्ष २ करोड ५० लाख, चौथो वर्ष ३ करोड र पाँचौ वर्ष ४ करोड २० लाख रुपैयाँ क्यानलाई दिने भनिएको थियो।

छैठौं वर्ष पनि ४ करोड २० लाख, सातौं र आठौं वर्ष समान ५ करोड १० लाख प्रदान गर्ने भनिएको थियो। नवौं सिजन ५ करोड ९० लाख तथा दशौं सिजनमा सबैभन्दा बढी ७ करोड ५० लाख गरी कुल ४२ करोड क्यानलाई बुझाउने एनपिएलको ड्राफ्टमा उल्लेख छ।

क्यान निलम्बनको अवस्था समेत नेपालमा तीन वटा फ्रेन्चाइज क्रिकेट लिग आयोजना भएका थिए। धेरैले क्यानको निलम्बन फुकुवा भएपछि एनपिएल क्यानले नै आयोजना गर्छ भन्ने अपेक्षा गरेका थिए। तर क्रिकेटको नियामक निकाय क्यानले एनपिएल आयोजना विदेशी कम्पनीलाई दिने प्रस्ताव गरेपछि आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...