बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्‍याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो।

‘कोभिड–१९ पछि बिस्तारै चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत नाट्टाका अध्यक्ष रमेश थापाले आग्रह गरेका छन्।

नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...