बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

रूसी सेना पुरानै अवस्थामा नफर्किए शान्ति संझौता असंभव-जेलेन्स्की

किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमाफर्किने विषयमा निर्भर हुने बताएका छन्। लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभईयुक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा बिलय भएको क्रिमियाबारे भने केही उल्लेख गरेनन् ।

रुसले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा काराखानामा अझै पनिसर्वसाधारण नागरिक फसेका छन् । कारखानालाई रुसी सेनाले लामो समयदेखि घेराबन्दीमा राखेका छन् ।

मारिओपोललाई युक्रेनबाट पूर्ण रुपमा कब्जा गर्न सकेकमा दुई महिनाको युद्धमा रुसका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ । तर, राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले जितेको क्षेत्र कब्जा गर्न नसक्ने बताए ।

युद्ध सुरु हुनुअघिल्लो दिनलाई उल्लेख गर्दै उनले भने, ‘रूस र युक्रेन बीचको युद्ध रोक्नको लागि २३ फेब्रुवरीसम्मको स्थिति पुनः प्राप्तिगर्न कदम चाल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...

युक्रेनमा रूसी सैनिक मारिएको पुष्टि

रुसले पहिलोपटक युक्रेनमा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको छ तर कति सैनिक मारिए भन्ने खुलाएको छैन । रुसी सैनिकहरूले विशेष सैन्य कारबाहीमा युद्ध कार्य पूरा...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...