बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो ।

जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे ।

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई ३१ ओभर ५ बलमा समेट्न सफल भयो । जिम्बाब्वे एले ३१ ओभर ५ बलमा केवल ८७ रन बनाउन सफल भयो । जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।

नेपाल र जिम्बाब्वे ए बीचको सिरिजअन्तर्गतको तेस्रो एकदिवसीय खेल बैशाख २६ गते हुनेछ । यसअघि भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...