शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले पराजित गरेको हो ।

जिम्बाब्वेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८, आसिफ शेखले ३४ र विनोद भण्डारीले ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गर्दै ३८ रन जोडे । आसिफले ३१ बलमा ६ चौका प्रहार गर्दै ३४ रन जोडे ।

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्वे ए टोलीलाई ३१ ओभर ५ बलमा समेट्न सफल भयो । जिम्बाब्वे एले ३१ ओभर ५ बलमा केवल ८७ रन बनाउन सफल भयो । जिम्बाब्वेलाई सस्तैमा समेट्न नेपालका करन केसी र सोमपाल कामीले ३–३, सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए ।

नेपाल र जिम्बाब्वे ए बीचको सिरिजअन्तर्गतको तेस्रो एकदिवसीय खेल बैशाख २६ गते हुनेछ । यसअघि भएको टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले एउटामा जित र अर्कोमा हार व्यहोरेको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ए टोलीसँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...