आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

मतगणना स्थलमा सिसीक्यामरा जडान

रसुवा । रसुवामा स्थानीय तह निर्वाचनको मतगणना जिल्ला समन्वय समितिको हलमा गरिने भएको छ ।

हललाई मतगणनास्थल तयः गरी आवश्यक पूर्वाधारसहित सिसीक्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए। मतगणना गर्दा जडित सिसीक्यामराको सहायताले निर्वाचन आयोगले समेत अनुगमन गर्नसक्ने व्यवस्था मिलाइएको नेपालले बताए।

यस्तै गोसाइँकुण्ड गाउँपालिका–१ थुमनको वडा कार्यालयमा तोकिएको मतदानलाई निर्वाचन आयोगको अनुमतिबाट नजिकैको एक धार्मिक गुम्बामा स्थानान्तरण गरिएको छ।

मुख्य निर्वनचन अधिकृत नेपालका अनुसार मतदान केन्द्र तोकिएको वडा कार्यालयमा निर्वाचन अधिकृतको परामर्श एवं अनुमति बेगर भवनको तल्ला थपेर ढलान गरेको पाइएकाले नजिकै रहेको थुमनस्थित साम्वलिङ गुम्बालाई मतदान केन्द्र तोकिएको हो।

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिमपश्चात् आइतबारदेखि मतदान कार्यमा खटिने कर्मचारीलाई कार्यस्थलमा पठाउन थालिएको छ।

पहिलो चरणअन्तर्गत नौकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ क्षेत्रमा आवश्यक सुरक्षाका साथ कर्मचारी खटाएर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी मङ्गलबारसम्म सबै मतदान केन्द्रमा पुगी सक्ने छन्।

निर्वाचनको समयमा उम्मेदवार तथा दलका कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जिल्ला हुलाक कार्यालयले अनुगमन गरिरहेको छ।

हुलाक प्रवक्ता राजेश श्रेष्ठका अनुसार सूचना बोर्डको परिपत्रबमोजिम अनुगमनको साथै कहीँकतै आचारसंहिता उल्लङ्घन गरेको पाइएमा जिल्ला हुलाकलाई उजुरी दिन सूचनासमेत जारी भइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...